
Ses
Rgp
Srbpu
Rgp1
Djs
Ggp
cjs
Gfs
Pbu
pku
Lnp
Pes
Unsku
Sgr

Bbbpu
Rgu
Rsb
Asm
Rgs
Hal
nsb
Ksm
Tsm
Sbs
Sls
Rgu
Ssm
Bbu
Ggd
Wsp
Gst
Vor
Pvg

Syp
Rpp
Jmb
Pls
Jmb
bbt
Rmb
Bml
Gsb
sab
Mks
Ptm
Abd
दाङ । देउखुरी बचत तथा ऋण सहकारी संस्थाकाे बिभाजनकाे माग गर्दै साविकका हरियाली,बिहानी र जनजिविका सहकारीका सञ्चालक,सेयर सदस्यहरूले प्रदेश सभाको मेलगेटमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
केही वर्ष पहिले दाङ-देउखुरीकाे राप्ती गाउँपालिकामा रहेका हरियाली,बिहानी,महाप्रभु र जनजिविका बचत तथा ऋण सहकारी संस्थाहरू मर्ज भएर देउखुरी बचत तथा ऋण संस्था बनेकाे थियाे । तर साविककाे महाप्रभु सहकारीमा ५ कराेड बढी रकम हिनामिना भएकाे तथ्य फेला परेपछि हाल उक्त हिनामिना सम्बन्धी मुद्दा दाङ-देउखुरी जिल्ला अदालतमा बिचारधिन अवस्थामा रहेकाे छ ।
यता मर्ज भएर बनेकाे देउखुरी बचत तथा ऋण सहकारी संस्थाकाे अहिलेसम्म एकता प्रकृया हुन सकेकाे छैन । मर्ज भएकाे ३० महिनासम्म न त लेखापरिक्षण हुन सकेकाे छ न त साधारणसभा नै हुन सकेकाे छ । जसले गर्दा देउखुरी सहकारीकाे सम्पूर्ण काराेबार प्रभावित भएकाे छ । त्यसपछि साविकका चार वटै सहकारीका संञ्चालकहरू बिभाजनमा जाने सहमति भएकाे थियाे तर पछिल्लो समय महाप्रभु बिभाजनमा बाधक बनेपछि सहकारी संस्था दर्ता अधिकारीकाे कार्यालयले बिभाजन गर्न अस्बीकार गरेकाे छ ।
त्यस्तै लामाे समय सम्म पनि सहकारी बिभाजन गर्न सहकारी दर्ता अधिकारी कार्यालयले अस्बीकार गरेपछि साविकका हरियाली, बिहानी र जनजिविका सहकारीका सञ्चालक, सेयर सदस्यहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले कुनैपनि हालतमा बिभाजन हुनुपर्ने माग गरेका छन् । यसै क्रममा आन्दोलनरत पक्षले गृह मन्त्रालयका सचिव लालबाबु कवाडीलाई ज्ञापनपत्र बुझाएको छ । साविक हरियाली सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्लले मन्त्रालयका सचिव कवाडीलाई विभिन्न माग राखि ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै सचिव कवाडीले साविकका ४ वटै संस्थाका अध्यक्ष सहित २/२ जनालाई आगामी साउन १७ गते दिउँसो ३ बजे गृह मन्त्रालयमा समस्या समाधानका लागि वार्तामा बोलाएका छन् । सके सहमतिमा नभए १ महिना भित्र कानुन अनुसार एकीकरण वा विभाजन गर्ने बताएका छन् ।
