Sidha Patra बिहिबार, साउन ११, २०८०

काठमाडौं । विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधरणलाई प्रत्यक्ष प्रसारण मार्फत् जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी दिने हिसाबले प्रत्यक्ष प्रसारण गर्न खोजिएको विभागको दाबी छ । टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रिया र सुरक्षाबारे नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग राजस्वले छलफल समेत गरिसकेको छ । ‘ब्रेक शु’बाट सुन छुट्याउने प्रक्रियाको प्रत्यक्ष प्रसारणका लागि राजस्वबाट प्रस्ताव आएको टक्सार विभागले जनाएको छ । ‘सुरक्षाको उपय अवलम्बन गर्दै सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरी छलफल भएको छ,’ स्रोतले भन्यो ।

यसबारे विभागले प्रधानमन्त्रीसँग छलफल गर्नु पर्ने भएकाले निर्णय भने शुक्रबार प्रधानमन्त्री नेपाल फर्किएपछि मात्रै गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री फर्किए पछि मात्रै सुन गाल्ने गरी तयारी दुवै विभागले गरेका छन् । सुन गाल्नका लागि राजस्व अनुसन्धन,भन्सार विभाग,राष्ट्र बैंक आन्तरिक लेखा परीक्षण विभाग, टक्सार लगायतका ८ देखि १४ जना अधिकारीको प्रत्यक्ष निगरानी चाहिन्छ । ‘ब्रेक शु’बाट सुन छुट्ट्याउन एक दिन लाग्ने र गुणस्तर जाँचका लागि थप केही घण्टा लाग्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सारको हाताबाट २ साउनको साँझ ५ बजे सुनसहित २ जनालाई पक्राउ गरेको थियो । हङकङबाट नेपाल ल्याएको तस्करीको सुन प्रकरणमा बुधबार साँझसम्म राजस्व अनुसन्धान विभागले एक चिनियाँ र एक भारतीय नागरिक सहित १७ जनालाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा ३ जना भन्सार विभागका कर्मचारी समेत छन् ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]