
Msbus
Asbus
Rgp
Ggp
Ggp
Ksbus
Sdc
Ksbus
Lnp


दाङ । देउखुरीको राजपुर गाउँपालिकाले कृषकलाई खेती उत्पादनमा सघाउने उद्देश्यले कृषियन्त्र पावर टिलर वितरण गरेको छ । गाउँपालिकाले पचास प्रतिशत अनुदानमा पालिका भित्रका ८ जना कृषकलाई दुई लाख मुल्य पर्ने कृषियन्त्र पावर टिलर आइतबार वितरण गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० द्वारा विनियोजित कुल १४ लाख बजेटद्वारा खरिद गरिएको ८ वटा कृषियन्त्र पावर टिलर राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवा स्थित पालुवा पशुपन्छी पालन कृषक समूहका लेखनाथ वली,मीन बहादुर वली,वडा नम्बर २ को प्रतिमा बहुउद्देश्यीय पशुपन्छी कृषि तथा माछा फमका प्रतिमादेवी चौधरी,सोही वडाको लछिमा बङ्गुर फमका खेमनारयण बिक,वडा नम्बर ६ का रिदम कृषि फमका भरत बहादुर चौधरी,नयाँ युग कृषक समूहका शिव कुमार चौधरी,वडा नम्बर ७ को न्यौपाने कृषि तथा पशुपन्छी फमका नन्दलाल खत्री,धनबहादुर कृषि तथा पशुपन्छी फमका सावित्री खड्का गरि ८ जना कृषकलाई उक्त कृषि यन्त्र टिलर वितरण गरिएको राजपुर कृषि शाखा प्रमुख रिता भण्डारीले जानकारी दिनु भयो ।
त्यस्तै शाखा प्रमुख भण्डारीले पालिका भरिका कतिपय कृषकले फम दर्ता नगरेको र उहाँहरुको डकुमेन्ट नपुगेको हुँदा उक्त पावर टिलर वितरण नगरिएको बताउनु भयो । दर्ता भएका र ५० प्रतिशत अनुदानमा ५० प्रतिशत आफुले व्यहोर्ने गरि राजी भएर आएका ८ जना कृषकलाई मात्र उक्त कृषियन्त्र वितरण गरिएको जानकारी दिनु भयो । यस्तै अन्य कृषकहरुले यसैगरी फमहरु दर्ता गरेर आएमा कृषियन्त्र दिन सकिने बताउनु भयो ।
उक्त कृषियन्त्र पावर टिलर वितरण गर्दै गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले किसानलाई ५० प्रतिशत अनुदानमा गाउँपालिकाद्वारा पावर टिलर दिनुको उदेश्य कृषकले सो कृषियन्त्रमा आफ्नो पनि ५० प्रतिशत लगानी भएको ठानेर सहि सदुपयोग होस् भन्ने हेतुका साथ वितरण गरेको बताउनु भयो । गाउँपालिकाले दिएको पचास प्रतिशत छुट अनुदान कृषियन्त्रबाट कृषकले मनग्ये लाभ लिनेमा आफू आशावादी रहेको बताउनु भएको छ ।
त्यस्तै उपाध्यक्ष धनपती देवी यादवले पालिका भित्र दर्ता भएका कृषि फमहरुको स्थलगत अनुगमन गर्दै अवस्था बारेमा राम्रोसंग बुझेर मात्र आफुहरुले यसरी कृषियन्त्र वितरण गरेको बताउनु भयो ।
उक्त वितरण कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेय,आर्थिक विकास समितिका संयोजक दिलमती वली लगायत कृषकहरुको उपस्थितिमा कृषियन्त्र वितरण गरिएको थियो ।
