
gst
Ksm
Gisld
Gmk
Rbs
Mbdvs
Anm
mbd
Sds
Pbu

Bbbpu
Hal
Gst
nsb
Wsp
Pvg
Vor
Ksm
Tsm
Rgs
Sls
Bbu
Sbs
Ggd
Rsb
Rgu
Asm
Ssm
Rgu

Jmb
Abd
Bml
Pls
Rpp
Gsb
Mks
Ptm
Syp
bbt
sab
Rmb
Jmb
काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।
राष्ट्रपतिको निर्वाचनको उम्मेदवार लगायतका विषयमा छलफल गर्न आज संयन्त्रको बैठक बस्न लागेको हो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । तर, बैठकको समय भने निश्चित हुन प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली छन् । राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारबारे एक मत छैन । एमालेले सरकार गठनको बेला भएको सहमति अनुसार राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
यसैका कारण सत्ता साझेदार दलबीच खटपट भइरहेको छ । रास्वपा सरकारबाट बाहिरिएपछि संयन्त्रको बैठक बस्न लागेको यो पहिलोपटक हो । बैठकमा सरकारका कामकारबाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन भइरहेको सकस लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
