
Rgp1
Srbpu
Pbu
Unsku
Ggp
pku
Lnp
Rgp
Sgr

Gst
nsb
Ssm
Ksm
Bbu
Hal
Bbbpu
Ggd
Wsp
Tsm
Rgu
Sls
Asm
Rsb
Rgu
Sbs
Rgs
Vor
Pvg

Rpp
Ptm
bbt
Rmb
Mks
Jmb
Jmb
Pls
Syp
Gsb
Bml
sab
Abd
दाङ । नेपाल मगर संघ लमही नगर कमिटीद्वारा ६ जना उपचाररत बिरामीहरुलाई न्यानो कम्बल र नगद राहत स्वरुप सहयोग गरेको छ ।
लमही नगर कमिटीका अध्यक्ष जगत पुन मगरको अध्यक्षतामा आइतबार राजपुर गाउँपालिका वडा नम्बर १ रसरी खोला हाल लमही – ६ मा बसेर उपचार गर्दै आएका बलसिंह बुढा मगर,रुकुम भुम्या गाउँपालिका वडा नम्बर – ६ हाल लमही – ६ मा बसोबास गरि उपचाररत बिरस बुढा मगर,रुकुम जिल्ला हाल लमही – ४ दानबहादुर घर्ती मगर,प्यूठान जिल्ला ऐरावती गापा हाल लमही – ६ का कसमिरा घर्ती मगर,राजपुर गापा – ६ खाङ्ग्रा नाका हाल लमही – ४ मा बसेर उपचाररत कमला बुढा मगर गरि ५ जना बिरामीलाई कम्बल वितरण गरिएको हो भने दाङ तुलसीपुर निवासी हाल इन्डियामा उपचार गरिरहेका रिया बुढा मगरलाई नगद सहयोग प्रदान गरेको छ ।
उक्त राहत सहयोग प्रदान गर्दै नगर कमिटीका अध्यक्ष जगत पुन मगरले तत्काल नगर कमिटीले थोरै भएपनि घाउमा मलम लगाउने कोसिस मात्र गरेको हुँदा यस सहयोगलाई ग्रहण गरि धैर्य धारणका साथ आफ्नो उपचारमा लाग्न अनुरोध गर्नु भयो । डाक्टरले दिएको सल्लाह सुझावलाई मनन गरि आफ्नो स्वास्थ्यलाई सदाबहार सरसफाइ र बाइलो,विषालो तथा खानपानमा विशेष ध्यान दिन समेत अध्यक्ष पुनले आग्रह गर्नु भयो । यस्तै अध्यक्ष पुनले नेपाल मगर संघ लमही नगर कमिटी बिरामीहरुको निम्ती सदा हाजिर रहने प्रतिबद्धता समेत जनाउनु भएको छ । अहिले कमिटीद्वारा नगद र जेन्सी गरि जम्मा ४५ हजार बराबरको सहयोग प्रदान गरेको बताउनु भयो ।
त्यस्तै अध्यक्ष पुनले नेपाल मगर संघ लमही नगर कमिटी नितान्त मगर जनसमुदायको लागि मात्र नभएर गैरसर मगर जनसमुदायको लागि पनि आपतविपदमा सहयोग गर्ने निकायको रुपमा रहेको जानकारी दिनु भयो ।
यस्तै उक्त राहत वितरण कार्यक्रममा कमला बुढा मगरका बहिनी सम्झना बुढा मगरले आफ्नो दिदीको उपचार गरेका संघर्षका बारेमा सहभागी बिरामी लगायत कमिटीका पदाधिकारी माझ अनुभव सेयर गर्नु भएको थियो । मानिसको जीवनमा कुनैपनि बिपद आएमा सर्वप्रथम धैर्य धारणका साथ अघि बढ्न सके मात्र सफलता हासिल गर्न सकिने बुढाले बताउनु भयो ।
राहत वितरण कार्यक्रममा कमिटीका उपाध्यक्ष नारायण सिंह मास्की राना मगर,कोषाध्यक्ष शान्ति थापा मगर,सहकोषाध्यक्ष गंगा पुन मगर,सल्लाहकार बिष्णु पुन मगर,सदस्यहरु भर्ज घर्ती मगर,इख घर्ती मगर,कमिटी समुहका अध्यक्ष बसन्ती राना मगर,समुह कोषाध्यक्ष देउकला रोका मगर लगायतको सहभागी रहेको थियो भने कार्यक्रमको संचालन कमिटीका सहसचिव टीका घर्ती मगरले गर्नु भएको थियो ।
