अजय मिश्रा/कपिलवस्तु मंगलबार, मंसिर २७, २०७९

कपिलवस्तु । कपिलवस्तुको नेपाल भारत सिमानाका कृष्णनगर स्थीत यात्रुगेटबाट नेपाल प्रहरीले १६ किलो अफिम सहित ३ महिलालाई पक्राउ गरेको छ ।

जिल्लको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा लागु औषध अफिम सहित ३ महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मानपुर बस्ने वर्ष ४३ की आश कुमारी बुढा,लमही नगरपालिका वडा नम्बर ४ लमही बस्ने बर्ष ४८ की नर्मला बिक र रोल्पा घर भई हाल लमही नगरपालिका वडा नम्बर ४ लमही बस्ने वर्ष ३६ की भावना पुन मगर रहेको प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले जानकारी दिनु भयो ।

सोमबार दिउँसो १ बजे नेपालबाट भारत जादै गर्दा शंकाले खानतलासी पुर्जी अनुसार ति महिलाहरुले कम्मर भागमा कालो कपडामा लुकाएको आवस्थामा अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बरामद अफिमको बारेमा थप अनुसान्धान जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका महिलाहरुलाई प्रहरी हिरासतमा राखीएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]