
Rbs
Gmk
Mbdvs
Pbu
mbd
Gisld
Sds
Anm
Ksm

Bbu
Gst
nsb
Rgu
Rsb
Vor
Asm
Hal
Sls
Rgu
Sbs
Rgs
Pvg
Ksm
Ggd
Bbbpu
Wsp
Ssm
Tsm

Rpp
Pls
Ptm
Gsb
Syp
Mks
sab
Rmb
Abd
Bml
Jmb
Jmb
bbt
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ को कार्यालय भवन निर्माण स्थल छनौट र देविस्थान सामुदायिक वन उपभोक्ता समूहमा उक्त वडाको कठवेरुवाका स्थानियबिच विवाद चर्किएको छ।
राजपुर -१ कठवेरुवा स्थित देविस्थान सा.व.का उपभोक्ता रामबकश चौधरीको नेतृत्वमा गएको विहिवार करिव १५० भन्दाबढी कठवेरुवा वासीले तोकिएको स्थानमा नै वडा कार्यालय भवन निर्माण कार्य अघि बढाईनुपर्ने र देविस्थान सा.व.उ. समितिले सम्पुर्ण उपभोक्ताहरुकोबिच आर्थिक कारोवारलाई सार्वजनिक गरिनुपर्ने तथा वार्षिकरुपमा साधारणसभा राखिनुपर्नेमा यस कार्यलाई सहज बनाउदै अघि बढनुपर्नेमा सहज बनाउनुको सट्टा वडा अध्यक्ष र सामुदायिक वनका अध्यक्ष जिम्मेवारीबाट पछि हटदै गरेकोले आफुहरु दवाव सृजनाका निम्ति वडा कार्यालयमा उपस्थित भएको बताएका थिए ।
समस्या छिटो टुङ्याउछु वडा अध्यक्ष :
यसैबीच सम्बन्धित वडा अध्यक्ष बिष्ण बहादुर बुढाले सरोकारवालाहरु सबैलाई राखेर वडा कार्यालय भवन निर्माण स्थल छनौट कार्य छिटो भन्दाछिटो टुङ्याउने र सा.व. उ.समितिले गरेका आर्थिक कारोवारलाई साधारणसभामा राखेर सार्वजनिक गर्ने कार्यमा आफुले जिम्मेवारीको भुमिका निर्वाह गर्ने बताउनु भएको छ ।
लेखापरीक्षण भएको छ, साधारणसभा राखी सार्वजनिक गर्छु सा. व. अध्यक्ष :
देविस्थान सा.व.उ. समितीका अध्यक्ष भिम वहादुर ठेडिमगरले उपभोक्ताले राखेका उचित मागका सम्बन्धमा आफू जिम्मेवार भएको, लेखापरीक्षण कार्य समेत सम्पन्न भईसकेको भएपनि लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्नका निम्ति साधारणसभा आयोजना गर्दा कोभिड-१९ को कारण समस्या हुने र बेला वन सव-डिभिजन कार्यालय प्रमुखले दिएको सल्लाहबमोजिम हाललाई रोकिएको भएपनि पुन: निजको समेत सल्लाह लिई साधारणसभा राखिने बताउनु भयो ।
समस्या जटिल छ,´छानबिनमै छु`,बेला सवडिभिजन प्रमुख:
यसैबीच देविस्थान सा.व.उ. समूहमा वैज्ञानिक वन व्यवस्थापन भएदेखी नै विवाद रहदै आएकोले उक्त सा. व. उ. समुहका उपभोक्ताहरु एकआपसमा बाझिने, हो-हल्ला गर्न खोज्दा समस्या अझै जटिल बन्दै गएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा परेकोले आयोगबाट आउने निर्देशनबमोजिम आफुले छानबिन कार्य गरिरहेको बेला वन सवडिभिजन कार्यालयका प्रमुख टेकेन प्रसाद आचार्यले बताउनु भएको छ ।
