टोपेन्द्र खनाल आइतबार, भाद्र २८, २०७७

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ को कार्यालय भवन निर्माण स्थल छनौट र देविस्थान सामुदायिक वन उपभोक्ता समूहमा उक्त वडाको कठवेरुवाका स्थानियबिच विवाद चर्किएको छ।

राजपुर -१ कठवेरुवा स्थित देविस्थान सा.व.का उपभोक्ता रामबकश चौधरीको नेतृत्वमा गएको विहिवार करिव १५० भन्दाबढी कठवेरुवा वासीले तोकिएको स्थानमा नै वडा कार्यालय भवन निर्माण कार्य अघि बढाईनुपर्ने र देविस्थान सा.व.उ. समितिले सम्पुर्ण उपभोक्ताहरुकोबिच आर्थिक कारोवारलाई सार्वजनिक गरिनुपर्ने तथा वार्षिकरुपमा साधारणसभा राखिनुपर्नेमा यस कार्यलाई सहज बनाउदै अघि बढनुपर्नेमा सहज बनाउनुको सट्टा वडा अध्यक्ष र सामुदायिक वनका अध्यक्ष जिम्मेवारीबाट पछि हटदै गरेकोले आफुहरु दवाव सृजनाका निम्ति वडा कार्यालयमा उपस्थित भएको बताएका थिए ।

समस्या छिटो टुङ्याउछु वडा अध्यक्ष :

यसैबीच सम्बन्धित वडा अध्यक्ष बिष्ण बहादुर बुढाले सरोकारवालाहरु सबैलाई राखेर वडा कार्यालय भवन निर्माण स्थल छनौट कार्य छिटो भन्दाछिटो टुङ्याउने र सा.व. उ.समितिले गरेका आर्थिक कारोवारलाई साधारणसभामा राखेर सार्वजनिक गर्ने कार्यमा आफुले जिम्मेवारीको भुमिका निर्वाह गर्ने बताउनु भएको छ ।

लेखापरीक्षण भएको छ, साधारणसभा राखी सार्वजनिक गर्छु सा. व. अध्यक्ष :

देविस्थान सा.व.उ. समितीका अध्यक्ष भिम वहादुर ठेडिमगरले उपभोक्ताले राखेका उचित मागका सम्बन्धमा आफू जिम्मेवार भएको, लेखापरीक्षण कार्य समेत सम्पन्न भईसकेको भएपनि लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्नका निम्ति साधारणसभा आयोजना गर्दा कोभिड-१९ को कारण समस्या हुने र बेला वन सव-डिभिजन कार्यालय प्रमुखले दिएको सल्लाहबमोजिम हाललाई रोकिएको भएपनि पुन: निजको समेत सल्लाह लिई साधारणसभा राखिने बताउनु भयो ।

समस्या जटिल छ,´छानबिनमै छु`,बेला सवडिभिजन प्रमुख:

यसैबीच देविस्थान सा.व.उ. समूहमा वैज्ञानिक वन व्यवस्थापन भएदेखी नै विवाद रहदै आएकोले उक्त सा. व. उ. समुहका उपभोक्ताहरु एकआपसमा बाझिने, हो-हल्ला गर्न खोज्दा समस्या अझै जटिल बन्दै गएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा परेकोले आयोगबाट आउने निर्देशनबमोजिम आफुले छानबिन कार्य गरिरहेको बेला वन सवडिभिजन कार्यालयका प्रमुख टेकेन प्रसाद आचार्यले बताउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]