
Rbs
Sds
Mbdvs
gst
Anm
Gmk
Pbu
mbd
Ksm
Gisld

Rsb
Asm
Sbs
Ksm
Ssm
Rgu
Bbu
Rgu
Vor
nsb
Bbbpu
Gst
Tsm
Wsp
Hal
Sls
Ggd
Pvg
Rgs

Pls
Rpp
Ptm
Mks
Bml
Jmb
bbt
sab
Jmb
Gsb
Rmb
Syp
Abd
दाङ । दाङ प्रहरीले घोराहीबाट खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ घरभई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ शुभकामना टोलमा डेरागरि बस्दै आएका २३ वर्षिय रबिन बोहरालाई उनकै कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी गराएको हो ।
लागुऔषध कारोवार गरिरहेको सुचना पाएलगतै प्रहरी निरीक्षक दामु पुनको कमाण्डमा गएको प्रहरी टोलिले उनी बस्दै आएको कोठमा खानतलास गर्दा उनले लगाएको पाईन्टको खल्तीबाट १२ वटा पुडिया खैरो हिराईन जस्तै देखिने पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिनुुभयो ।
त्यस्तै उक्त पुडिया खोली तौल गर्दा ५ ग्राम १२० मिलग्राम रहेको उहाँको बताउनुुभयो । पक्राउ परेका बोहरालाई कार्यालयको हिरासतमा राखि लागुऔषध कसुर अन्तरगत अनुसन्धान कार्य भैरहेको प्रहरीले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।
यस्तै दाङमा बिहीबार सरकारी वकिल कार्यालयबाट फरार भएका सुन चोरी आरोपी २४ घण्टापछि प्रकाउ परेका छन् । म्याद थपका क्रममा बिहीबार बेलुकी जिल्ला सरकारी वकिल कार्यालयबाट भागेका २२ वर्षीय लक्ष्मण विश्वकर्मालाई प्रहरीले गयराति १० बजे दाङको सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।
विश्वकर्मा बुधबारमात्रै सुनचोरी आरोपमा पक्राउ परेका थिए । बिहीबार म्याद थपका लागि वकिल कार्यालय लगिएको बेला शौच गर्ने बाहनामा शौचालयको झ्यालको सिसा फुटाएर दुई तलाबाट हाम फालेर भागेका थिए ।
फरार भएलगतै डिएसपी राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले २४ घण्टापछि दाङको सिमावर्ती क्षेत्रबाट विश्वकर्मालाई पक्राउ गरेको एसपी वीरबहादुर वलीले बताउनुभयो ।
उहाँका अनुसार सिमाना पारगरि भारततर्फ जानेक्रममा दाङको दक्षिण गढवा क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका कैदी विश्वकर्मालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङ ल्याइएको छ ।
