
Anm
Gmk
Ksm
mbd
Rbs
Gisld
gst
Sds
Mbdvs
Pbu

Ggd
Wsp
Rgu
Ssm
Sls
Rsb
nsb
Bbu
Tsm
Ksm
Asm
Hal
Bbbpu
Gst
Rgu
Rgs
Sbs
Pvg
Vor

Gsb
Ptm
bbt
Rpp
Rmb
sab
Jmb
Bml
Syp
Jmb
Abd
Pls
Mks
दाङ । ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित पालिका स्तरीय अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगिता आदर्श रात्री आवशिय बिध्यालय गोबरडियामा विहिवार गढवामा सम्पन्न भएको छ।
गढवा गाउँपालिकाको शिक्षाशाखाद्वारा आयोजित अतिरिक्त क्रियाकलाप प्रतियोगिता कार्यक्रममा गढवा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विध्यालयका १९ ओटा समुह सहभागी भएका थिए। गढवा गाउँपालिका सामाजिक विकास समितिका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका उपप्रमुख शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी शारदा कुमारी चौधरीले हाजिरीजबाफ,श्रुतिलेखन र वकृत्वकला प्रतियोगितामा आएको नतिजाले सरकारी विद्यालय र बोर्डिङ स्कुलमा पढाईको स्तर लाई देखाएको भन्दै शिक्षा क्षेत्रमा देखिएको कमी कमजोरी लाई तत्तकाल सुधार्न आवश्यक रहेको बताउनु भयो। विद्यालयलाई चाहिने हरेक प्रकारको सहयोग गर्न पालिकाका तयार रहेको भन्दै बिध्यार्थीहरुको गुणस्तर वृद्धि र गुणस्तररीय शिक्षामा जोडदिन शिक्षकहरुलाई सुझाब दिनु भयो।
कार्यक्रममा हाजिरीजवाफ प्रतियोगिता तर्फ शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका बर्णन पौडेल, निरज गुप्ता र कल्पना बुढाको समुह प्रथम, कोशेली इङ्ग्लिस बोर्डिङ स्कुलका राहुल नेपाली, अभिषेक यादव र निरज चौधरीको समुह द्वितीय र माध्यमिक विद्यालय पचहियाका समिर बिक, दुर्गेश यादव र संजोग थारु कुमालको समुह तृतीय स्थान हाँसिल गरेका हुन्।
श्रुतिलेखन तर्फ आवशिय बिध्यालय बनघुस्रीका छात्रा स्मृति चौधरी प्रथम, नमुना प्रथामिक विध्यालय महदेवाका सन्ध्या चौधरी द्वितीय र प्रतिष्ठा एकेडेमीका दिपिग डालामगर तृतीय स्थान हाँसिल गरेका हुन्। त्यसैगरी छात्र तर्फ ध्रुवतारा इङ्ग्लिस बोर्डिङ स्कुलका समिर थापा प्रथम, प्रतिष्ठा एकेडेमीका दृष्य भट्टराई द्वितीय र जनता माध्यमिक विद्यालयका जेम्स लामा तृतीय स्थान हाँसिल गरेका हुन्।
त्यसैगरी वकृत्वकला प्रतियोगितामा छात्रातर्फ बुध्द ज्योति माध्यमिक विद्यालयकी स्तुति पोख्रेल प्रथम, शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका ममता सिंह द्वितीय र दिपेन्द्र माध्यमिक विद्यालयका पुनम सुनार तृतीय स्थान हासिल गरेका हुन् भने छात्रतर्फ शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका अनुज घिमिरे प्रथम, जनता माध्यमिक विद्यालय गढवाका प्राञ्जल चौधरी द्वितीय र शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका सुवास गिरी तृतीय स्थान हाँसिल गरेका हुन्।
कार्यक्रममा गढवा गाउँपालिकाका कार्यपालिका सदस्यहरु रमा अधिकारी र चन्द्रा थापा,वडा नम्बर – ४का वडा सदस्य टुकमान कुंवर त्यसैगरी मुवारक अलि,राम सुरत यादव,तारा प्रसाद ढुङगाना, मन्साराम चौधरी,लाल बहादुर भण्डारी,नर बहादुर डिसी,सरिता बिष्ट,माया चौधरी,ओम बहादुर मगर, देव नारायण चौधरी, ज्ञानहरी रिजाल,उदयराज वर्मा, बासुदेव बेल्बासे लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा आदर्श रात्री आवशिय विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर रावत, दिपेन्द्र प्राथमिक विद्यालय प्रसेनीका शिक्षक लाल बहादुर भण्डारी र बुद्धज्योति माध्यमिक विद्यालयका शिक्षक चेतनाथ पौडेल लगायतकाले बोल्नु भएको थियो ।
शिक्षक शोभाराम यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका शिक्षाशाखा अधिकृत श्याम बहादुर बिकले गर्नु भएको थियो ।
