
mbd
Rbs
gst
Anm
Gisld
Sds
Ksm
Mbdvs
Pbu
Gmk

Rgu
Wsp
Rgu
Hal
Sbs
Ggd
Ssm
Rgs
Vor
Ksm
Tsm
Gst
Sls
Rsb
nsb
Bbu
Asm
Pvg
Bbbpu

Jmb
Bml
Ptm
Pls
Rmb
Abd
Gsb
bbt
Mks
Jmb
Rpp
Syp
sab
दाङ । घोराही उपमहानगर पालिकाले आज घोराहीमा एक भेलाको आयोजना गरी पालिका स्तरीय आप्रवासी हकहित संजाल गठन गरेको छ ।
घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी,उपप्रमुख हुमाकुमारी डिसी,प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद भट्टाई, प्रभासी नेपाली समन्वय समितीका अध्यक्ष कुलप्रसाद कार्की, वैदेसिक रोजगार बोर्डका विष्णु अर्याललगायतको विशेष उपस्थितीमा भेला सम्पन्न भएको थियो ।
त्यस्तै भेलाले हेमराज बुढाथोकीको संयोजकत्वमामा ७ सदस्यीय तदर्थ समिती गठन गरेको छ । समितिको सह-संयोजकमा महाबीर घर्ती रहनुभएको छ भने सदस्यहरुमा निमबहादुर गुरुङ,अजय डिसी, मिरा डिसी र केशव बुढाथोकी रहनुभएको छ । भेलाको उत्घाटन सत्रमा बोल्दै नगरप्रमुख नरुलाल चौधरीले सहभागिहरुलाई विदेशमा गरेको आर्थिक उपार्जनलाई स्वदेशमा उत्पादन मुलक काममा लगाउनको लागि सुझाव दिनुभयो ।
उहाँले अव युवाहरुले सधै अरुको काम गर्ने भन्दा पनि थोरै लगानीमा भए पनि आफु मालिक भएर काम गर्ने तर्फ अग्रसर हुन आग्रह गर्नुभयो । कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम सामीकी कार्यक्रम संयोजक बसन्ता पुनले संजालको काम, कतव्य र अधिकारको बारेमा जानकारी गराउनुभएको थियो ।
यस्तै उहाँले दिएको जानकारी अनुसार संजालले नेपालको संविधानमा उल्लेखित आप्रवासी सम्बन्धी ऐन,कानुनको कार्यान्वयन गर्न सहयोग गर्ने, आप्रवासी कामदार तथा तीनको परिवारहरुको हकहितको लागि आवश्यक कानुन निर्माण गर्न पहल,पैरवी र सहयोग गर्ने कामदार तथा तिनका परिवारहरुले सामना गरिरहेका मुख्य समस्याहरु समाधान गर्न गराउँन पहल गर्ने,कामदार तथा तिनका परिवारहरुको हकहित संरक्षण, सम्बद्र्धन गर्न सरोकारवालाहरुसँग समन्वय,सहकार्य गर्ने, वैदेशिक रोजगारबाट फर्केका व्यक्ति तथा परिवारहरुको आर्थिक विकास सम्बन्धित गतिविधिहरु संचालन गर्नलगायतका काम रहेको जानकारी दिनुभयो ।
