हेमराज शर्मा बुधबार, भाद्र २२, २०७९

दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सिपी) को आर्थिक सहयोगमा साधारण नमूना माध्यमिक विद्यालय राजपुर गाउँपालिका वडा नम्बर ५ गंगदीमा निर्माण हुन लागेका बालमैत्री चारकोठे भवनको बुधवार शिलान्यास गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाको प्रमुख आतिथ्य एवं राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख केशब लम्साल र वडा नं. ५ का वडाध्यक्ष टंक बहादुर बिष्टको बिशिष्ट आतिथ्यमा उक्त भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले संस्थाले बिगत १२ वर्षदेखि देउखुरीको शैक्षिक क्षेत्रको विकासमा कार्य गर्दै आएको बताउदै यस सामुदायिक विद्यालय गाउँपालिकाको नमुना विद्यालय रहेको र विद्यार्थीको चाप अत्यधिक रहेकाले विद्यालयको भौतिक गुणस्तर सुधारमा यस कार्यले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।त्यस्तै राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख तथा बिशिष्ट अतिथि लम्सालले गुणस्तरीय शिक्षाका लागि व्यवस्थित पूर्वाधारको आवश्यकता औल्याउदै संस्थाको लगानी राम्रो रहेकाले विद्यालयले यसलाई नतिजामुखी बनाउनु पर्ने बताउनुभयो । वडा नं. ५का वडाध्यक्ष तथा बिशिष्ट अतिथि बिष्टले समृद्ध समाज निमार्णका लागि शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउदै संस्थाले राजपुर गाउँपालिकाको शिक्षा क्षेत्रमा गरेको कार्य कोसेढुङ्गा साबित हुने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा प्रशासनिक खर्च सहित ६१ लाख ६० हजार ३ सय ८ रुपैया लागतमा उक्त दुई तल्ले चारकोठे भवन निमार्ण हुने सिपि नेपालका विद्यार्थी संयोजक श्याम चौधरीले जानकारी दिनुभयो । उक्त भवनको निमार्णकार्य छ महिना भित्र सम्पन्न हुने र करिब ३ सय विद्यार्थी लाभान्वित हुने विद्यालयले जनाएको छ । अहिले विद्यालयमा करिब १ हजार भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य,शिक्षक अभिभावक संघका सदस्य,शिक्षक लगायत विद्यार्थीहरुको उपस्थितिरहेको थियो ।

विद्यालयका सहायक प्रध्यानाध्पक गोकुल राज भट्टको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक गिरीराज भट्टले गर्नुभएको थियो । यस अघि संस्थाले सोही विद्यालयमा शुद्ध खानेपानी सहित बालविकास कक्षाको व्यवस्थापन पनि गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]