
Gmk
Ksm
Rbs
Pbu
gst
Anm
Gisld
Sds
mbd
Mbdvs

Rgs
Gst
Sbs
Hal
Rsb
Tsm
Pvg
Asm
nsb
Bbbpu
Ggd
Rgu
Ssm
Sls
Rgu
Vor
Bbu
Ksm
Wsp

Abd
Syp
Gsb
Rmb
Jmb
Rpp
sab
Ptm
bbt
Jmb
Bml
Pls
Mks
दाङ । बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुन मगरले प्रत्यक्ष जनताको घरदैलोमा पुगेर जनताको समस्या सुन्ने कार्यको थालनी गर्नु भएको छ ।
अध्यक्ष पुनले आज बंगलाचुली गाउँपलिका वडा नम्वर ६ को अमारे गाउँमा पुगरेर जनताको समस्या,पिरमर्कालाई बुझ्नेकाम गर्नु भएको छ । सो अवसरमा बंगलाचुली गाउँपालिका वडा नम्वर ६ का वडा सदस्य गंगा घर्तीमगर,रेवन्त बहादुर खत्री, नारायण वली (बी) लगाएतले अमारे गाउँको समस्याको बारेमा पालिका अध्यक्ष पुनलाई जानकारी गराउनु भएको थियो । उहाँहरुले खासगरी सिउडे अमारे क्षेत्रमा विद्युतको समस्या,खेतियोग्य जमिन क्षेत्र अरङखोलामा नदि कटान रोक्न तटबन्ध लगाईदिनुपर्ने,झोलुङ्गेपुल निर्माण,अवरुद्ध सडक संचालनगर्नका लागि पालिका अध्यक्ष पुनलाई अनुरोध गर्नुभएको थियो ।
स्थानियको समस्या सुनेपछि पालिका अध्यक्ष तुल्सीराम पुनले आफुले अमारेका जनताको समस्याको समाधानका लागि जोडदाररुपले पहल गर्ने बताउनु भएको छ । कार्यक्रममा अमारे टोलका सम्पूर्ण स्थानियहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासले जनताको घरदैलोमै पुगरेर जनताकै मुखबाट गाउँटोलको सम्यालाई बुझ्नका लागि आफु हरेक वडाका टोल वस्तिमा पुग्ने योजना बनाएको बताउनु भएको छ ।
अध्यक्ष पुनले आफु जनताको प्रतिनिधि भएकोहुँदा जनताकै कामका लागि अहोरात्र खटिने बताउनु भयो । अध्यक्ष पुनलेभन्नुभयो,”मलाई जनताले आफ्नो काम गर्नका लागि भोटदिएर पठाउनु भएको छ । म दिनरात नभनी जनताकै काममा खट्न चहान्छु ।मलाई तपाईहरुको साथ सहयोग चहिन्छ ।”जनताको समस्यालाई जनताकै घरआगनमा पुगरेर सुन्दा जनतालाई आफ्नो जनप्रतिनिधि प्रति अपनत्व महसुस हुने हुदा आफुले यो कार्यको थालनी गरेको बताउनु भयो ।
सो अवसरमा बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँपालिका ईन्चार्ज चुरामणी नेपाली, वडा नम्वर छ का ईन्जार्ज शुसिल परियार लगाएतको सहभागिता रहेको थियो ।
