टेकबहादुर पुन बुधबार, भाद्र २२, २०७९

दाङ । दाङको देउखुरीमा सासुको सोझोपनको फाईदा उठाउँदै झुक्काएर बुहारीले जग्गा आफ्नो नाममा नामसारी गराएको रहस्य बाहिरिएको छ । बिरामी सासुको औषधी उपचार गर्ने बाहनामा बुहारीले ४ कट्ठा १३ धुर जग्गा आफ्नो नाममा पास गरेको रहस्य खुलासा भएको हो ।

राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया निवासी कृष्णा कुमारी यादब र श्यामा कुमारी यादब नाताले सासू बुहारी पर्छन । श्यामा कुमारी कृष्णाको जेठाजुको छोरा बुहारी हुन । तिनै सासु पर्ने कृष्णाको नाममा रहेको जग्गा बुहारी पर्ने श्यामाले आफ्नो नाममा गराएपछि सासु र देवर सडकमा आएका छन् । न्यायको लागी उनिहरु प्रहरीसम्म पुगेपनि कुनै सुनुवाई भने भएको छैन ।कृष्णाकुमारी आफैमा प्रेसरको बिरामी छिन । प्रेसरले हानेर पक्षघात समेत भएको छ । तर, उनै बिरामी कृष्णकुमारीको सोझो पनको फाईदा उठाउदै जेठाजुको बुहारी श्यामाकुमारी यादवले चार कट्ठा १३ धुर जग्गा आफ्नो नाममा पास गराएकी छिन् । वडा कार्यालयबाट घर बाटो सिफारिस लिएर मालपोत कार्यालय लमहीबाट रजिष्ट्रेसन समेत पास भइसकेको छ । जग्गाको कर मालपोत बुझाउने क्रममा आफ्नो आमाको नाममा रहेको जग्गा भाउजुको नाममा गएको देवर शुरेस यादबले देखेपछी घटना बाहिर आएको हो । औषधी गराउन लईजान्छु भनेपछी आफुले ल्याप्चे लगाईदिएको कृष्णाकुमारी बताउछिन ।

त्यस्तै अहिले जग्गा पास लिने श्यामा कुमारी,सिफारिस दिने वडा अध्यक्ष रामेश्वर यादव,सचिव मिना चौधरी र श्यामाकुमारीका श्रीमान हिरालाल यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा ठगि मुद्धामा उजुरी दिइएको छ । कृष्णाकुमारीका छोरा शुरेस यादवले ठगि मुद्धामा किटानी जाहेरी दिएका हुन । पक्षघातको बिरामीलाई उपचार गराउने बहानामा जग्गा हडपेको आरोप जाहेरीमा उल्लेख छ । तर, प्रहरी सम्म उजुरी परेपनि यस घटनामा कुनै सुनुवाई भएको छैन् । जग्गा फिर्ता चाहिने माग शुरेसले गरेका छन ।

कृष्णाकुमारीका एक छोरा र दुई छोरी हुन । जसमध्य दुई छोरीको विवाह भइसकेको छ । कृष्णाका श्रिमानको मृत्यु भईसकेको छ । अहिले घरमा आमा र छोरा मात्रै छन । मालपोत कार्यालय लमहीमा रेकर्ड हेर्दा गएको जेठ १९ गते जग्गा पास भएको देखिन्छ । चलनचल्तीको मुल्य अनुसार अहिले त्यस वरपरको जग्गा चार लाख रुपैयाँ कट्ठामा किनबेच हुँदै आएको स्थानिय बताउछन ।

तर,मुख्य आरोपी श्यामाकुमारी यादवले आफुले सबै जग्गा चार लाख रुपैयाँमा किनेको दावी गरिन । उनले घरको जग्गा आफ्नै परिवार भित्र हुन्छ सबै जग्गा ४ लाखमा लैजाउ बुहारी भनेको हुनाले आफुले पैशा दिएर जग्गा लिएको बताईन । श्यामाका अनुसार सासू बुहारीको सहमतीमा सबै काम भएको र अहिले अरुको भनाईमा आएर आफुलाई आरोप लगाईरहेको गुणासो गरिन । आफ्नै घरभित्रको कुरामा त्यस्तो गलत क्रियाकलाप कदापी गर्न नसक्ने उनको भनाई छ । तर, श्यामाकुमारीले आफुलाई एक रुपैयाँ नदिएको सासु कृष्णाकुमारीले बताइन । दिएको भए त पैशा घरमै हुन्थ्यो, पैशा नै नभएर उपचारमा समस्या भएको छ कृष्णाले भनिन- झुक्काएर जग्गा पास गरेर अहिले अछुट बन्नलाई बुहारीको चलखेल हो ।

यता वडा कार्यालयबाट घर बाटो सम्वन्धि सिफारिस दिंदा लापरबाही गरेको आरोप समेत लागेको छ । तर, वडा सचिव मिना चौधरीले स्वयंम व्यक्ति वडा कार्यालयमा आएपछी आफुहरुले सिफारिस दिएको दावी गरिन । नियम सँगत आए सिफारिस रोक्न सकिँदैन मिनाले भनिन-कृष्णाले जग्गा बेच्नको लागि हो भन्दै सबै कागज लिएर आफै आउनु भएको थियो । वडा कार्यालयले नियम सँगत नै सिफारिस दिएको देखिन्छ ।यता मालपोत कार्यालय लमहीले प्रक्रिया पुरा भएर जग्गा पास भएको बताएको छ । जग्गा किन्ने र विक्रि गर्ने पक्ष मिलेर मालपोत कार्यालयमा आएको र त्यहाँबाट पास भएको देखिन्छ । पिडित पक्षले स्थानीय तहको न्यायिक समिति र अदालत जान सक्ने बाटो भने रहेको मालपोत कार्यालय लमहीका प्रमुख मानबहादुर कुंवरले बताए । वडा कार्यालयको सिफारिस र आबस्यक कागजात सहित आएपछि मालपोतले प्रक्रिया अघि बढाएको हो,कि पुर्ब जानकारी भए हामीले रोक्न सक्थ्यौ कंवरले भने । दुबै पक्ष सहमतीमै आएको हामिले महसुस गय्रौ, जग्गाधनी कृष्णालाई मैले पनि सोधे जग्गा बेच्ने नै हो? उहाँले हो भनेपछि प्रक्रिया अघि बढेको हो । जनताको काम गर्न बसेको कर्मचारीले आबस्यक कागजात सहित नियम सँगत भए काम रोक्न नमिल्ने प्रमुख कंवर बताउछन । औषधी गर्ने बाहनामा भएको ठगिको बिषयमा गम्भिर भएर अनुसन्धान हुन जरुरी छ । यसमा स्थानीय सरकार देखी प्रहरी प्रशासनले ध्यान दिनुपर्ने आबस्यक देखिन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]