
Pbu
Anm
Sds
Gmk
Mbdvs
Ksm
mbd
Gisld
Rbs
gst

Rsb
Vor
Bbu
Pvg
Sls
Sbs
Rgs
nsb
Gst
Wsp
Asm
Rgu
Ksm
Hal
Tsm
Ggd
Rgu
Bbbpu
Ssm

Rpp
bbt
Abd
Gsb
Syp
Jmb
sab
Mks
Jmb
Ptm
Pls
Rmb
Bml
दाङ । विपद जोखिम व्यवस्थापन स्थानीयकरण स्थानीय सरकारलाई अभिमुखीकरण सम्बन्धि दुई दिने तालिम गढवामा सम्पन्न भएको छ ।
गढवागाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता सम्पन्न भएको हो ।युएसएआईडी को आर्थिक सहयोग तथा अन्तराष्ट्रिय आप्रबासन संगठन को नेतृतव, सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय को समन्वय र प्राक्टिकल एकसनको आयोजनामा दुई दिने प्रशिक्षण तालिम सम्पन्न भएको हो । स्थानीय पालिकाका जनप्रतिनिधि तथा विपद व्यवस्थापन शाखाका श्रोत व्यक्तिलाई लक्षित गर्दै दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको हो।
पालिकामा हुने विपदका घटनाहरुलाई न्यूनिकरण र विपद प्रभावितका लागि गरिने उद्धार , आर्थिक , सामाजिक ,भौतिक सहयोगका मापदण्ड के के छन र सरकारले यस बिषयमा लागु गरेका ऐन,नीति निर्देशिका र नियमावलीका बिषयमा प्रशिक्षण दिइएको थियो ।
पालिकामा हुने विपदका घटनाहरुलाई न्यूनिकरण, पुर्वतयारी र प्रतिकार्य कसरी प्रभावकारी तरिकाले गर्न सकन्छि,नेपालमा विपद् जोखिम सुशासनका लागि केन्द्र,प्रदेश र स्थानिय सरकारले लागु गरेका ऐन,नीति निर्देशिका,नियमावलीका र प्राथमिकताहरू के के छन,स्थानीय विपद व्यवस्थापन समितिले कसरी प्रभावकारी कार्य गर्न सक्छ,आपतकालीन कार्यसञ्चालन केन्दको प्रावधान के छ,विपद् जोखिम न्यूनीकरणलाई विकास प्रक्रियामा मूल प्रवाहीकरण कसरी गर्न सकिन्छ,पूर्वचेतावनी प्रणालीको आवश्यकता किन छ,विपद प्रभावितका लागि गरिने उद्धार ,आर्थिक,सामाजिक,भौतिक सहयोगका लागि विपद् जोखिम व्यवस्थापनमा मानविय सिद्धान्तहरू,मूलभूत मानविय मापदण्ड के के छन तथा जोखिमको वित्तीय व्यवस्था र जोखिम हस्तान्तरण कसरी गर्न सकिन्छ जस्ता विषयहरुमा बृहत प्रशिक्षण दिईएको थियो।
प्रशिक्षण तालिममा स्थानीय सरकारको विपद व्यवस्थापन क्षमता,विपद व्यवस्थापनको लागि गरिरेहेका कार्यहरुको तथा आगामी दिनमा विपद व्यवस्थापनको लागि कसरी प्रभावकारी काम गर्न सकिन्छ भनेर बृहत छलफल समेत गरिएको थियो।
कार्यक्रममा गढवा गाउँपालिकाकाका प्रमुख यमनरायण शर्मा पोख्रेल,उपप्रमुख शारदा कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी,प्रशासन शाखा प्रमुख शम्भुराज आचार्य, पुनाराम शर्मा,५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा,वडा नम्बर – ६का वडाध्यक्ष विर बहादुर आले मगर,वडा नम्बर २का अध्यक्ष भक्तु चौधरी,३ वडाका वडाध्यक्ष तुलसी राम अधिकारी,४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी, कार्यपालिका सदस्यहरु हेमन्ती कुमारी कुमाल,चन्द्रा केसी, रमा भण्डारी, मिना पुन,मान बहादुर नेपाली,सुर्य बहादुर नेपालीको उपस्थिति रहेको थियो।
त्यसैगरी रोजगार शाखा प्रमुख अशोक कुमार यादव, शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक,प्राविधिक शाखा प्रमुख बिनय कुमार यादव,योजना शाखा प्रमुख कुलराज कुमाल,स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी लगायत सम्पूर्ण शाखाका प्रमुख तथा विपद व्यवस्थापन समितिका संयोजक र सदस्यहरूको उपस्थिति कार्यक्रममा रहेको थियो।
कार्यक्रमको प्रशिक्षकमा प्रशिक्षक सामान्य प्रशासन मन्त्रालयका कृष्ण कुमार कंडेल र प्राक्टिकल एक्सन कृष्ण चौधरी रहनु भएको थियो।
