
snmbs
dpm
Dbc
Pbu
pvg
rgs
Amb
Sdc
sjnsplk
Gesld
Snmbs
Ges
Dpm
Snmbs
Mbf


दाङ । गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी सरुवा हुनु भएको छ । ढाइ वर्ष भन्दा बढी गढवा गाउँपालिकामा रही प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नु भएको गढवा गाउँपालिकाले जनाएको छ ।
अधिकृत योगी गढवा गाउँपालिकाबाट सरुवा भएर काभ्रेपलान्चोकमा जाने हुनु भएको छ। अधिकृत योगिलाई सोमबार गाउँपालिकाले एक कार्यक्रमका विच सम्मान सहित विदाइ गरिएको छ । कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले योगी कुशल प्रशासक रहेको चर्चा गर्दै उनले गढवाको समृद्धिका लागी उत्कृष्ट मार्ग तयार गरेको बताउनु भयो ।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लामो समय सहकार्य गर्न नपाएको भएतापनि छोटो समयको सहकार्यले धेरै कुरा सिकाएको भन्दै प्रशंसा गर्नु भएको थियो । जाहा गएपनि सफल कार्यकालको शुभकामना दिनु भएको थियो।
त्यस्तै विदाइ भएर जाँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत योगीले आफुले गढवाबाट धेरै अनुभव संगालेको बताउनुभयो । कर्मचारि तथा जनप्रतिनिधीसंग कस्तो खालको समन्वय गर्नुपर्छ भन्ने धेरै विषयको अनुभव गढवा गाउँपालिकाबाट प्राप्त गरेको उहाँको भनाइ थियो ।
प्रशासन प्रमुख पुनाराम शर्माले सहजिकरण गरेको कार्यक्रममा गाउँपालिकाका रोजगार शाखा प्रमुख अशोक कुमार यादव, शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक,योजना शाखा प्रमुख कुलराज कुमाल लगायतकाले विदाइ मन्तव्य राख्दै योगीमा सबै कर्मचारिलाई समान नजरले हेर्ने प्रशासक भएको भन्दै उनको प्रसंशा गरेका थिए ।
