
Pbu
Gmk
gst
Gisld
Sds
Ksm
Rbs
Mbdvs
Anm
mbd

Bbbpu
Tsm
Rgu
Vor
Ggd
Sbs
Ksm
Asm
Bbu
Rgu
nsb
Sls
Pvg
Hal
Wsp
Rsb
Ssm
Gst
Rgs

Bml
Gsb
Abd
Rmb
bbt
Pls
Syp
Mks
Jmb
Ptm
Rpp
Jmb
sab
दाङ । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १६ औं राष्ट्रिय दिवसको अवसरमा गढवामा कार्यक्रम सम्पन्न भएको छ। “तिनै तहको सरकार,मानव बेचबिखन विरुद्धको सरोकार” भन्ने मुलनाराका साथ गढवा गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको बताउनु भयो। मानव बेचबिखन तथा ओसारपसार देशकै ठूलो समस्या भएकाले यसलाई निर्मूल गर्नका लागि सबै लाग्नु पर्नेमा कुरामा जोड दिनु भयो।
कार्यक्रममा बोल्दै उपाध्यक्ष चोधरीले मानव बेचबिखनमा पनि महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको र अन्तर्राष्ट्रिय सञ्जाल बनाएर अपराध गर्नेहरूले बेचबिखन गर्ने गरेको भन्दै सरकारी र गैरसरकारी क्षेत्रबाट सचेतनामुलक कार्यक्रम गर्दै न्यूनीकरण गर्नुपर्ने बताउनु भयो।
कार्यक्रममा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा,स्वास्थ्य शाखा उपप्रमुख द्रोपदा सुबेदी,कार्यपालिका समितिका सदस्यहरुमा भण्डारी,मान बहादुर नेपाली,सुर्य बहादुर नेपाली, चन्द्रा केसी त्यसैगरी न्यायिक समितिका देवीलाल थारु कुमाल,रेखा कुमारी थापा,वडा नम्बर छ का वडा सदस्य शान्ति पुनर्स्थापना गृह दाङ जिल्ला कार्यक्रम संयोजक कैलासो राना,देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका प्रतिनिधि नारायण पण्डित स्वान संस्थाकी सोनी कुमारी कुमाल,अवधि संस्कृति तथा संरक्षण प्रतिष्ठानका पटवारी यादव, भरत कुमार पन्त लगायतको उपस्थित रहेको थियो। कार्यक्रमको सन्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।
