
dpm
Mbf
snmbs
Ges
Dpm
Snmbs
Gesld
Amb
Sdc
rgs
Dbc
Snmbs
Pbu


दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यावसायीक सचेतना अभियान सुरु गरेको छ । संघले यस अघिपनि निरन्तर व्यवासायीक सचेतना अभियान गदै आएको थियो ।
संघले व्यवसाय गर्दा आइ पर्ने समस्या,व्यवसाय गर्दा हिसाव किताव कसरी राख्ने,व्यवसायमा पर्न समस्या समाधानका लागि कसरी अगाढि वढने लगाएतका विषयमा जानकारी दिइने गरेको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिए । व्यवसायीहरुलाइ सहज होस भन्ने तथा व्यवासायीहरुको के कस्ता समस्या रहेका छ भनेर बुझने उदेश्यले घर दैलोमा नै सचेतना अभियान गरिदै आएको अध्यक्ष वुढाथोकीले बताए । यसले व्यवसायीहरुलाइ परेका समस्याका वारेमा जानकारी लिन सहज हुने र त्यसै अनुसार अगाडि वढीने उनले बताए ।
व्यवसायीहरुलाई राज्यका सबै निकायमा दर्ता गरेर मात्र व्यवसाय गर्न समेत अनुरोध गरिने गरेको छ । विना दर्ता गैर कानुनी रुपमा व्यवासाय नगर्न समेत संघले आग्रह गदै आएको छ । दर्ता भएर नविकरण नभएका लाइ समयमा नविकरण गर्न समेत आग्रह गरिएको छ । सचेतनामा हिडेको टोलीले दर्ता प्रमाण पत्र, प्यान नम्वर, मुल्य सुची सबैले देखीने स्थानमा राखेको नराखेको बारे जानकारी लिदै नराखेको भए देखिने स्थानमा राख्न समेत आग्रह गरेको छ । सचेतनाको क्रममा म्याद सकिएका सामाग्रीहरु छुटाएर छुट्टै राख्न समेत अनुरोध गरिएको छ । यस प्रकारको कार्यले व्यवसायीहरुलाई सहजता हुने अपेक्षा संघको रहेको छ ।
त्यस्तै यसरी पसल पसल सम्म पुगेर सिकाउदा उनीहरुलाई व्यवसाय गर्न समेत सहज हुने व्यवसायीहरुको भनाइ रहेको छ । व्यवसायीहरुलाई स्वास्थ्य प्रति पनि सचेत हुन आग्रह गरिएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए । अहिले पनि विभिन्न प्रकारको रोगको जोखिम रहेको भन्दै सचेत हुन आग्रह गरिएको उनले बताए । सचेतना अभियानलाई उद्योग वाणिज्य संघले निरन्तरता दिइने जनाएको छ । बजारी क्षेत्रका साथै ग्रामिण स्तर सम्म सचेतना अभियान पुर्याउने संघले जनाएको छ । सचेतना अभियान संघका अध्यक्ष टंकसिंह वुढाथोकीको नेतृत्वमा गरिएको हो ।
यस्तै अभियानमा संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, महासचिव महेन्द्र वुढाथोकी, सचिव नरेशकुमार श्रेष्ठ, सदस्यहरु भरतप्रसाद रेग्मी, माधव खनाल, विकास वली, विनोदप्रसाद पाण्डे, कर्मचारीहरु कान्तुराम चौधरी र गणेश सुनारको सहभागिता रहेको थियो ।
