
dpm
Sdc
Ges
Gesld
Snmbs
Snmbs
Dbc
Mbf
snmbs
Dpm
Pbu


बुटवल । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
दुई जना भारतीय नागरिकलाई लागू औषध मुद्दामा फसाएको आरोप लागेका बैजुलाई जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको हो।
लागुऔषध मुद्दामा गुप्तालाई पक्राउ गर्न प्रहरीले अनुमति मागेकाले अदालतबाट अनुमति दिएको जिल्ला अदालत नवलपरासीका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए। असार २२ गते नवलपरासीको रामग्राम नगरपालिका १७ पिपरहियाबाट प्रहरीले भारत मोतिहारी घर भइ भुमहीमा कवाडीको कारोबार गर्ने रामा गुप्ता र जितेन्द्र पासवनलाई लागूऔषध ओसारपसार गरेको भन्दै पक्राउ गरेको थियो।
गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता र पक्राउ परेका रामा गुप्ताले साझेदारीमा कवाड व्यवसाय गर्दै आएका थिए। व्यवसायबाट भएको नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमति बेवास्ता गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले रकम दिन आलटाल गर्दै आएको रामाका आफन्तले बताएका छन्।
दिनुपर्ने रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले बैजुले रामा र जितेन्द्रलार्ई लागु औषध मुद्दामा फसाएको आरोप छ। थुनामा रहेका गुप्ताका परिवारले केही दिनअघि परासीमा पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष गुप्ताकै योजनामा भुमहीमा बसेर कवाड व्यवसाय गर्दै आएका गुप्ता र पासवानलाई फसाएको दाबी गरेका थिए।
