
Pbu
snmbs
Snmbs
rgs
Snmbs
Gesld
Dbc
Dpm
dpm
Sdc
Amb
Mbf
Ges
pvg
sjnsplk


दाङ । गिद्ध प्रकृतिको एक मात्र कुचीकार भएकोले गिद्ध संरक्षणका लागि सबै सरोकारवालाहरु गम्भीर भएर लाग्नुपर्ने आइतबार देउखुरीको लालमटियामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजना एवम् नेपाल पंक्षी संरक्षण संघ लाजिनपाट, काठमाडौँको आर्थिक सहयोगमा देउखुरीको लालमटिया स्थित महिला भवनमा चौधौँ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा आयोजित सरोकारवाला निकायहरू बीच गिद्ध संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । उनीहरुले एउटा सामुदायिक वन,एउटा टोल र एउटा पालिकाले मात्र गिद्ध सहित पंक्षी संरक्षणमा लागेर मात्र नभई गिद्ध तथा अन्य लोपउन्मुख पंक्षी संरक्षणका सवालमा स्थानीय सरकार र राज्य गम्भीर भएर लाग्नुपर्ने बताएका थिए ।
वन समूहका कार्यबाहक अध्यक्ष बेदुलाल सुवेदी अध्यक्षता एवम् राप्ती सव-डिभिजन वन कार्यालयका फरेस्टर बहादुर केसी प्रमुख आतिथ्यता तथा नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीको बिशिष्ट आतिथ्यतामा भएको थियाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पार्सद महेश रिजाल, वन समूह पूर्व उपाध्यक्ष बुद्धिप्रकाश चौधरी, वन समूहका पूर्व अध्यक्षहरु जोहरमान मियाँ, भिमकान्त भुसाल, लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष गरुप्रसाद ज्ञवाली, वन समूहका सल्लाहकार रमेशमान गुरुङ्ग, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोष कुमार गुप्ता, शिक्षाप्रेमी डिआर पौडेल, पब्लिक एजुकेशन लालमटियाका विद्यार्थीहरु सजिना आचार्य, सबिना पोख्रेल र विनोद बुढाथोकी लगायतका वक्ताले आ—आफ्नो धारणा राखेका थिए ।
त्यस्तै पशु बृद्धाआश्रम तथा गिद्ध संरक्षण केन्द्रका संयोजक यामबहादुर रोकाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन वन समूहकी सचिव शिला पौडेलले गरेकि थिइन् ।
