
Gesld
Snmbs
snmbs
Ges
Mbf
Dpm
Sdc
sjnsplk
rgs
dpm
pvg
Snmbs
Pbu
Amb
Dbc


दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङको एतिहासिक नवौं जिल्ला सम्मेलनको अवसरमा र एकिकृत जनक्रान्तिका सहिद कमरेड महान लगाएतको स्मृतिमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाइटी घोराहीकाे प्राविधिक सहयोगमा पार्टीले आज आईतबार घोराहीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
नेकपा दाङले आयोजना गरेको उक्त कार्यक्रममा करिब १५ जना नेताकार्यकर्ताले रक्तदान गरेका छन् । जसमा रक्तदाता पदम चन्द,ससाँख सुवेदी,हिमाल केसी,विजय चन्द,प्रकाश पुन,समिर डाँगी,जनक विक,शिशिर पुन मगर,सकुनसला पट्टेल,खुमन पौडेल,नरेश चन्द लगायतका थिए।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज कमरेड शीतल,नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्लाका इन्चार्ज सविन,इच्छा बुढा मगर,गोपी चौधरी,दिलीप चौधरी र रेडक्रस सोसाइटी दाङ शाखाका प्रमुख दिलीप न्यौपाने लगायतका आतिथ्यता रहेको नेकपा दाङले जनाएको छ।
