जगत खनाल आइतबार, भाद्र १९, २०७९

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकालाई शिक्षा क्षेत्रमा देशकै नमुना पालिका बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठनको प्रदेश स्तरीय भेलालाई शनिबार मसुरीयामा सम्बोधन गर्दै सो दाबी गरेका हुन् ।

संविधानमा उल्लेख भएको नि:शुल्क शिक्षा प्रदान गर्न पालिकाले सुरु गरेको बताउदै बिष्टले सबै विद्यालयलाई नमुना बनाउन पनि शिक्षक हरुलाइ आग्रह गरेका थिए ।

कक्षा १२ पास गर्ने विद्यार्थीले केही सीप सिकेर जाने वातावरण पालिकामा लागू गर्न लागेको बताउदै बिष्टले महाबीर पुनको आविष्कार केन्द्रसंग कुरा भैरहेको र आविष्कार केन्द्रले राप्ती गाउँपालिकालाई सहयोग गर्न सकारात्मक रहेको पनि बताएका थिए ।

त्यस्तै शिक्षकहरुले विद्यार्थीलाई पाठ्यपुस्तक सहित बाहिर कुरा पनि सिकाउन आग्रह गर्दै अध्यक्ष बिष्टले बिद्यार्थीलाई संस्कार, नैतिकता, सामाजिक उत्तरदायित्व लगायतका कुरा सिकाउन पनि सुझाव दिएको थिए । विद्यार्थीलाई सीप सिकाएर उत्पादनमुलक बनाउन आग्रह गर्दै अध्यक्ष बिष्टले बिश्व क्षेत्रमामा हाम्रा विद्यार्थीलाई उदाहरणीय बनाउन र देशमा दक्ष जनशक्ति उत्पादन गर्न पनि आग्रह गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]