
Pbu
Sgr
Unsku
Srbpu
Gfs
Ggp
Rgp
Ses
cjs
Pes
Djs
Lnp
pku
Rgp1

Rgu
Rgs
Ssm
Vor
Sls
Tsm
Ksm
Ggd
Asm
Hal
Pvg
Wsp
Bbbpu
nsb
Sbs
Rsb
Bbu
Rgu
Gst

Abd
bbt
Ptm
Rpp
Pls
Syp
sab
Jmb
Rmb
Jmb
Gsb
Mks
Bml
दाङ । आजबाट देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका झन्डै १ लाखभन्दा बढी कर्मचारी आन्दोलन गर्न लागेका छन् ।
सरकारले कार्यालय सहयोगी,खरिदार,नायव सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हक अधिकारलाई सङ्कुचन गर्दै सङ्घीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यस विरूद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् ।
यसै सन्दर्भमा दाङको जिल्ला प्रशासन कार्यालय देखि सबै सरकारी कार्यालयका निजामती कर्मचारीहरु आन्दोलित भएका छन् । ११ सूत्रीय मागलिएर उनिहरु आन्दोलनमा उत्रिएका हुन् । हातमा कालो पट्टि बाँधेर सेवा सुचारु गर्दै आन्दोलन जारी राखेका छन् ।
त्यस्तै उनीहरूले कर्मचारीमैत्री र सेवामैत्री हुनेगरी तीन वटै तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने,तीनै तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषामा समावेश गर्नुपर्ने तथा वृद्धि विकासको स्पष्ट र वैज्ञानिक व्यवस्था गर्नुपर्ने लगायत १० बुँदे मागपत्रसहित आन्दोलन गर्ने बताएका छन् ।
यसअघि उनीहरूले मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा मागपत्र वितरण गरिसकेका छन् । सोही पत्रमार्फत कर्मचारीहरूले प्रधानमन्त्री, मन्त्री,मुख्य सचिव,तथा सचिवको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
