
Unsku
Rgp
pku
Lnp
Ses
Gfs
Ggp
Rgp1
Srbpu
Pes
cjs
Pbu
Djs
Sgr

Pvg
Asm
Rsb
Sls
Ksm
Gst
nsb
Tsm
Rgu
Ggd
Rgu
Hal
Vor
Sbs
Wsp
Bbu
Bbbpu
Ssm
Rgs

Jmb
sab
Abd
Jmb
Pls
Bml
bbt
Rpp
Rmb
Gsb
Ptm
Mks
Syp
दाङ ।देउखुरीको भालुवाङमा भदौ ४ गते शनिबार हुन गइरहेको ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ को सम्पूणर् तयारी पुरा भएको छ ।
हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसरमा स्थानीय कला संस्कृतिको संरक्षण, सम्वर्द्वन तथा तीज गीतको माध्यमबाट समाजमा जनचेतना प्रवाह गर्न र देउखुरीमा डिजिटल अनलाइन मिडियाको प्रवर्धन लागि हुन गइरहेको तीज महोत्सवको सम्पूणर् तयारी पुरा भएको हो ।
“संस्कार हराए संस्कृति हराउँछ,संस्कृति हराए पहिचान हराउँछ,पहिचान हराए राष्ट्रियता हराउँछ” भन्ने मूल नाराका साथ देउखुरी टुडे डटकम र हाम्रो लुम्बिनी न्युज डटकमको संयुक्त आयोजनामा एक दिने दिवाकालिन तीज महोत्सव देउखुरीको भालुवाङ स्थित होटल पौवाको प्राङगणमा हुन लागेको महोत्सव स्थलको तयारी,मञ्च निर्माण र प्रचार—प्रसार लगायतका सम्पूणर् तयारी पुरा भएको आयोजक देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक एवम् महोत्सवका प्रचार-प्रसार संयोजक सन्तोषकुमार गुप्ताले जानकारी दिए ।
त्यस्तै महोत्सव स्थलमा होटेल पौवाले आतिथ्यता प्रदान सहित सस्तो दरमा विभिन्न स्वादिष्ट परिकार सहितको स्टल राख्ने भएको छ । महोत्सव स्थलमा न्युनतम ५० देखि अधिकतम २ सय ५० रुपैयाँ सम्मका विभिन्न नास्ताका परिकारको स्टल समेत व्यवस्था गरिएको महोत्सवका कार्यक्रम संयोजक ओमप्रकाश गुप्ताले जनाकारी दिए ।
पछिल्लो समय तीज पर्वमा ब्यापक विकृती देखिएको र उक्त विकृतीलाई नियन्त्रण गदै मौलिक कला संस्कृतीको संरक्षण गर्ने उद्देश्यले चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती सहित तीज गीत प्रतियोगिताको समेत आयोजना गरिएको महोत्सवका सांस्कृतिक संयोजक नरेश भण्डारीले जानकारी दिए ।
तीज महोत्सवमा चर्चित लोकदोहोरी गायिका सुनिता बुढाक्षेत्री,चर्चित लोकदोहरी गायक अर्जुन सापकोटा, चर्चित हाँस्यब्यङ्गय कलाकार कमल गाउँले,चर्चित लोकदोहोरी गायिका तथा उद्घोषिका राशी रिजाल, चर्चित लोकदोहोरी गायक जिवन परियार, चर्चित लोकदोहोरी गायक तथा सञ्चारकर्मी प्रेमबिबश घर्ती र चर्चित बाल कलाकार अनुष्का आचार्यको बेजोड प्रस्तुती रहने सांस्कृतिक संयोजक भण्डारीले जानकारी दिए ।
त्यस्तै महोत्सवमा गायक तथा गायिकाहरु राजेन्द्र चौधरी,श्रीधर कंडेल,उर्मी मगर,गायिका तथा संचारकर्मी सिमा केसी,चर्चित डान्सर तथा मोडेलहरु टिकटक स्टार करिना डाँगी,सर्मिला पुन,अनिता महतरा र निशु चौधरीका साथै संदेशमुलक तीज गीत प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने सांस्कृतिक संयोजक भण्डारीले जानकारी दिए ।
त्यस्तै महोत्सब सञ्चालन सहयोगार्थका लागि आयोजकले प्रवेश टिकटको समेत ब्यवस्था गरेको छ । जस अन्र्तगत सर्वसाधारणका लागि प्रतिब्यक्ति प्रबेश टिकट शुल्क एक सय रुपैया,विद्यार्थी तथा शहिद परिवारको हकमा परिचय पत्रका आधारमा टिकट शुल्कमा २५ प्रतिशत छुट गरी ७५ रुपैयाँ निर्धारण गरिनुका साथै ७० बर्ष माथिका जेष्ठ नागरिक,५ बर्ष मूनिका बालबालिका र अपाङ्ग, अशक्त तथा असाहायहरुको हकमा परिचय पत्रका आधारमा प्रवेश निशुल्क गरिएको महोत्सवका आर्थिक संयोजक बासुदेव न्यौपानेले जानकारी दिए । साथै कार्यक्रमको दिन टिकट लिंदा भिडभाड हुने भएको हुँदा अग्रिम टिकट बुकिङ खुल्ला गरिएको आर्थिक संयोजक न्यौपानेले जानकारी दिए ।
यस्तै भदौ ४ गते शनिबार बिहान ११ बजे देखि शुरु हुने उक्त तीज महोत्सवलाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरी कार्यक्रममा उपस्थीत भई कार्यक्रम सफल बनाईदिन आयोजकले सबैमा आग्रह गरेको छ । महोत्सवमा दाङ देउखुरी सहित छिमेकी जिल्लाहरु प्यूठान,रोल्पा,अर्घाखाँची र कपिलबस्तुबाट समेतगरी करिब पाँच हजार बढी दर्शकको उपस्थिती रहने आयोजकले अनुमान गरेको छ ।
त्यस्तै तीन वर्षसम्म कोरोना भाईरस संक्रमणका कारण नाचगान गरी तीज पर्व मनाउन नपाएका हिन्दु नेपाली नारीहरुको महान् चार्ड हरितालिका तीजलाई थप रौनकता थप्न लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको भालुवाङमा पहिलो पटक तीज महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।
