
Usb
Ksb
Rsb
Tgp
Csb
jsb
Ksb
Nsb
Gsb
Rks
Ksb
Fmb
Ppu
Bsn
Ssb
Ssb

Ssb
Tsb
Hl1
Gsb
Usb

Nps
ptl
Rgu
दाङ । शहरी विकास मन्त्री मेटमणि चौधरीले आइतबार घोराही बहुउद्देशीय सभागृहको उद्घाटन गर्नुभएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहसहित उपस्थित हुनुहुन्थ्यो ।
‘सभाहल पूरा हुन आर्थिक आवश्यकता परेको थाहा पाएँ । एक करोड दिने कुरा अहिल्यै कमिटमेन्ट गर्छु’– प्रमुख अतिथि मन्त्री चौधरीले त्यसको व्यवस्थापन गर्न महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठलाई निर्देशन दिनुभयो । मन्त्रीले डिजीलाई अर्थको व्यवस्था गर्न भनेपछि सहभागीले ताली बजाएर सम्मान गरेका थिए ।
त्यस्तै पार्किङसहितको व्यापारिक भवन बनाउने दाङ जिल्ला उद्योग वाणिज्य संघको परिकल्पनामा पनि मन्त्री चौधरीले ऐक्यवद्धता जनाउनुभएको छ । संघले सभाहलनजिक रहेको सात कट्ठा नौ धुर जग्गामा भवन बनाउने प्रस्ताव गरेको छ । अण्डरग्राउण्ड सहितको पार्किङ र माथिल्लो तलामा दाङ कोसेली घरको रुपमा विकास गर्ने कल्पना छ । ‘घोराहीको अर्थतन्त्र परिचालन गर्ने भवन बन्नुपर्छ । प्रस्ताव ल्याउनुस् पूरा गर्न पूर्ण सहयोग रहनेछ ।’ जनजीवनसँग प्रत्यक्ष जोडिने र आर्थिक परिचालन हुने सबै काम गर्ने मन्त्री चौधरीको भनाइ थियो ।
गत २०६९ फागुन आठ गते शिलान्यास भएको १० वर्षपछि हल निर्माण सम्पन्न हुँदैछ । सभाहल बन्न विभिन्न कारणले ढिला भएको संघले जनाएको छ । सघन शहरी भवन निर्माण आयोजना दाङका प्रमुख खड्गबहादुर चौधरीले पाँच पटक गरी २१ महिना म्याद थपेर सभाहल निर्माण सम्पन्न भएको जानकारी गराउनुभएको थियो । ३१ करोड ३० लाख ९६ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको सभागृह चार तलाको छ । मुख्य हलको बालकोनीमा दुई सय ६५ र साधारण कक्षमा चार सय ३५ जना अटाउने सुविधा छ । यसको पूर्णक्षमता सात सय जनाको हो भने ओपन ग्यालरी तीन सय अट्नेछ ।
त्यस्तै सो अवसरमा नेपाली कांग्रेसका सचिव अर्जुनकुमार योगी, नेकपा माओवादी केन्द्रका सचिव विश्वराज आचार्य, नेकपा समाजवादीका अध्यक्ष सुरामणि बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, राजमो समन्वय समितिका टीकाबहादुर विक, नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।
