
Msbus
Rgp
Ggp
Sdc
Lnp
Ksbus
Ggp
Ksbus
Asbus


दाङ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा ६४ औँ श्रृङखलामा नियमित द्वैमासिक छन्द संगम कार्यक्रम सम्पन्न भएको छ ।
परिषदका जिल्ला अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्य तथा परिषदका निवर्तमान केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा आज एक कार्यक्रम गरी छन्द संगम सम्पन्न गरिएको हो ।
छन्द संगममा कविहरुद्वारा छन्दोवद्ध कविताहरु वाचन गरिएको थियो । वरिष्ठ कवि एवम् साहित्यकारहरुले देश, काल, परिवेश तथा समाजका बिम्बलाई आधार बनाएर रचना गर्नुभएका कविता वाचन गर्नुभएको थियो । कविहरु हरिप्रसाद पौडेल स्वर्णशिखा, धनसिंह गिरी, यम रेग्मी, बिना रोका, अर्जुन शर, डा. हिमलाल पन्थी, खगराज न्यौपाने, कमलमणि देवकोटा, पुरुषोत्तम खनाल, गणेश विषम्, डा. कृष्णराज डिसीलगायतले आफुले रचना गर्नुभएका छन्दोवद्ध कविता गेयात्मक शैलीमा वाचन गर्नुभएको थियो । वाचित कविताहरुको वरिष्ठ साहित्यकार एवम् समालोचक डा. कृष्णराज डिसीले समिक्षा गर्नुभएको थियो ।
परिषदकी उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गर्नुभएको थियो । राप्ती साहित्य परिषदले नियमित रुपमा कला, साहित्य र संस्कृतिको संरक्षणका लागि रचनात्मक काम गर्दै आएको छ ।
