
Lnp
Ksbus
Ksbus
Rgp
Asbus
Ggp
Msbus
Sdc
Ggp


कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको नइमिया कब्रिस्तान भित्र प्रतिक्षालय निर्माण गरिएको छ ।
कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको पहलमा नगर स्तरीय बजेट बाट पांच लाख छुट्याईएको रकमबाट नइमिया कब्रिस्तान भित्र प्रतिक्षालय निर्माण गरिएको छ । नइमिया कब्रिस्तानको रेखदेख गर्ने संस्था अहले सुन्नत नइमिया नेपाल संस्थाले उक्त प्रतिक्षालय निर्माण गराएको छ ।
यसैगरी साथै कृष्णनगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सगिर अहमद खां को पहलमा वडा स्तरीय बजेट बाट तीन लाख नइमिया कब्रिस्तानका लागि छुट्याईएको रकमले उक्त कब्रिस्तान भित्र केही ठाउमा जग्गा ढलान गरिएको अहले सुन्नत नइमिया नेपालले काम सफलतापूर्वक सम्पन्न गराएको जनाएको छ ।
त्यस्तै नइमिया कब्रिस्तान भित्र निर्माण गरिएको प्रतिक्षालयमा इदुल फित्रका दिन नमाज अदा गर्न जाने व्यक्ति लाई बस्न तथा मुस्लिम समुदायका व्यक्ति हरूको मृत्यु पश्चात दफन गर्न सोही ठाउमा गर्ने तथा मलामीहरु लाई घाम,पानी बाट सुरक्षित राख्न साथै केही समय विश्राम गर्न लागि समेत सो प्रतिक्षालय बाट सहयोग पुग्ने साथै ढलान गरिएको ठांउमा नमाज अदा गर्न सहज हुने अहले सुन्नत नइमिया नेपाल संस्थाका अध्यक्ष नसरूल्ला खां ले विश्वास व्यक्त गरे ।
