
Ggp
Ksbus
Rgp
Asbus
Lnp
Msbus
Sdc
Ksbus
Ggp


दाङ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पतालले दृष्टिदोष न्यूनिकरणका लागी निःशुल्क चस्मा वितरण गरेको छ ।
विशेषगरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीलाई मध्यनजर गरि गाउँपालिकामा दृष्टिदोष न्यूनिकरणका लागी निःशुल्क चस्मा वितरण कार्यक्रम गरिएको हो । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले हेल्पिङ हाण्ड्स हेल्थ एण्ड एजुकेशन इन्टरनेश्नलद्धारा सहयोगार्थ प्राप्त सहयोग बाट ४० वर्ष नाघेका गढवागाउँपालिकाका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुलाई कार्यलयको कामकाज गर्दा दृष्टि सम्बन्धी आउने समस्यालाई मध्यनजर गर्दै त्यसलाई न्यूनिकरणका लागी नि:शूल्क चस्मा वितरण गरिएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिनुभयाे ।
त्यस्तै उहाँले यस कार्यक्रमलाई प्रत्यक वडामालैजाने समेत बताउनु भयाे । नेपाल नेत्र ज्योति संघ दाङका उपाध्यक्ष रेशम बहादुर खड्का सभापतित्व तथा गढवा गाउँपालिकाका उप–प्रमुख शारदाकुमारी चौधरी को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरञ्जका प्रमुख प्रशासक थापाले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएकाे थियाे ।
गढवा गाउँपालिकाका प्रशासकिय प्रमुख लाल बहादुर योगी,नेपाल नेत्र ज्योति संघ दाङका सहसचिव घनश्याम सुबेदी लगायतकाे सहभागीतामा भएकाे कार्यक्रममा अस्पतालले गरेकाे कार्य सहरानिय भएकाे भन्दै अन्धाेपन तथा दृष्टि विहिनताकाे न्युुनिकरणकरणका लागि गढवा गाउँपालिकाले अस्पताल संग सधै सहकार्य गर्ने प्रतिवध्ता समेत ब्यक्त गरिएकाे थियाे ।
लमही आँखा अस्पतालका नेत्र सहायक बिमल घिमिरेले जनप्रतिनिधि र कर्मचारीको आँखा जाँच गरि आवश्यकता अनुसार चश्मा प्रदान गरिएको थियो । जनप्रतिनिधि र कर्मचारी गरि ९८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।
