
Ksbus
Sdc
Rgp
Ggp
Msbus
Ksbus
Lnp
Ggp
Asbus

नुवाकोट । नुवाकोटको थान्सिङमा बदेलले किसानको बाली सखाप पारेको छ। जिल्लाको लिखु गाउँ पालिका वडा नम्बर ५ स्थित महादेव फाटमा जंगली बँदेलले किसानले लगाएको बाली सखाप पारेको हो।
हिउँदे बालीको रुपमा किसानले लगाएको मकै खेतीको अलावा नगदे बालीमा समेत बदेलले नष्ट गरेपछि स्थानीय किसान आतंकित र चिन्तित बनेको स्थानीय युवा सुदर्शन कोइरालाले बताए। धेरैजसो रातकाे समयमा बदेल आएर किसानकाे खेतीपातीमा क्षति पुराएपछि कृषकहरु पीडित भएका हुन।
बस्तीको बिचमा रहेको जमिन क्षेत्रमा समेत जंगली जनावर पसेर दुख दिएको उनीहरु बताउँछन् । अर्का युवा रामहरि कोइरालाले जति दुख गरेपनि बाली भण्डारण पुर्व नै खेतमै जनावरले नष्ट गर्दिएको बताए। ‘दिउँसोको समय बादर र रातको समयमा बदेलले सताउछ’ युवा कोइराला भन्छन् -‘ जस्ले गर्दा किसानको जांगर नै हराउँदै गएको छ।’
पछिल्लो एक सातादेखि बढेको बँदेल आक्रमणले स्थानीय सुकदेव धिताल ,कृष्ण प्रसाद गजुरेल र गोकुल कोइराला लगायत किसानको झण्डै २० रोपनी क्षेत्रफलमा रहेको मकै बालीमा नोक्सान पुर्याएको उनीहरु बताउछन् ।
समयमै बँदेल,बादर तथा दुम्सी जस्ता वन्यजन्तुबाट बालीनालीको सुरक्षा तथा क्षतिपूर्तिको ब्यवस्थापन स्थानीय सरकारबाट हुनुपर्ने उनीहरु बताउँछन् ।
https://youtu.be/2G9FAzReVfQ
