
Pbu
Gisld
Mbdvs
Ksm
Sds
Gmk
Rbs
mbd
Anm

Rsb
Rgu
Gst
Tsm
nsb
Sbs
Bbbpu
Ksm
Wsp
Ssm
Ggd
Rgs
Vor
Bbu
Hal
Rgu
Pvg
Sls
Asm

Mks
Ptm
sab
bbt
Jmb
Rmb
Syp
Rpp
Jmb
Gsb
Abd
Bml
Pls
प्युठान । सरकारले लकडाउनको घोषणा गरेको करिब दुई महिना पुग्नै लाग्दा प्युठानका बाटाहरु सुनसान बनेको छन। जिल्लाका सबै व्यापार–व्यवसाय ठप्प छन् । तर, लकडाउनको मौकामा सडक विभागले भने धमाधम सडक कालोपत्रे गरिरहेको छ । विभागले प्युठानको स्वर्गद्वारी नगरपालिका क्षेत्रमा धमाधम कालोपत्रे गरिरहेको छ ।
सडक डिभिजन प्रमुख बिनोद प्रसाद सापकोटाले भिङ्ग्री देखी पर्यटकीय तथा धार्मिकस्थल स्वर्गद्वारी सम्म जोड्ने सडकखण्डमा कालोपत्रेको काम भइरहेको बताए।
‘अहिले लकडाउनको भएपनी सरकारको परिपत्र अनुसार बिकास निर्माणका काम सन्चालन गर्ने भनिए अनुसार कालोपत्रे गर्न थालेका हौ।,’ उनले भने, ‘जति कामदार छन्, उनीहरूले सामाजिक दूरी कायम राख्दै काम गरिरहेको ’त्यस्तै, उक्त सडकखण्डको १४ किलोमिटर क्षेत्रमा अहिले भइरहेको ठाउँमाथि एक तह कालोपत्रे गर्ने कार्य भईरहेको इन्जिनियर अरुण खत्रीको भनाई छ।
प्रदेश नंवर ५ सरकारबाट बिनियोजन गरिएको २५ करोड ५० लाख रुपैयाँ लागतमा सडक कालोपत्रेको काम भईरहेको हो। बराबर १४ किमि सडकमध्ये अहिलेसम्म ३ किमि सिङ्गल पोर्ट सम्पन्न भइसकेको खत्रीले बताए । ‘आयोजनाको म्याद ०७७ असोज सम्म छ, खत्रीले भने- अबको अवस्था कस्तो हुन्छ, सडक समयमै सकिने, नसकिने भन्ने त्यसले निर्धारण गर्छ।’ उनका अनुसार पुर्बाधारको काम अहिलेसम्म ७० प्रतिशत सकिएको छ। सडक कालोपत्रेको ठेक्का वसिस इन्जिनियर्स एण्ड बुल्डर्स प्रा.लि लाजिमपाट ,काठमाडौले पाएको सडक डिभिजनले बताएको हो ।
यो सडकको कालोपत्रे सम्पन्न भएपछि स्वर्गद्धारी आउजाउ गर्दा भक्तजनहरुले पहिला जस्तो सास्ती ब्यहोर्न नपर्ने र भिङ्ग्री बजार र स्वर्गद्धारीको दुरी समेत छोटिने स्थानियले बताए।
