
jsb
Ksb
Usb
Ssb
Gsb
Ksb
Csb
Ssb
Rsb
Tgp
Ppu
Fmb
Ksb
Bsn
Nsb
Rks

Ssb
Tsb
Hl1
Usb
Gsb

Rgu
ptl
Nps
दाङ । बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष रेणु सेनले उपभोक्ताको माग हुँदाहुँदै नेपाल सरकारले बैज्ञानिक वन व्यवस्थापनलाई हचुवाको भरमा खारेज गर्न नमिल्ने बताउनु भएको छ ।
आइतबार लुम्बिनी प्रदेशको दाङ देउखुरी लमही नगरपालिका वडा नम्बर ७ वन घुस्रीमा आयोजित बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको इतिहासिक पहिलो लुम्बिनी प्रदेश स्तरीय बैठक कार्यक्रमको प्रमुख आतिथ्यता गर्नु भएका अध्यक्ष सेनले दुई दलको आपसी विवादको कारण २४ जिल्लामा दिगो रुपले गठन भएर संचालन रहेकोे बैज्ञानिक वन व्यवस्थापनलाई सरकारले कुनैपनि हालतमा खारेज गर्न नमिल्ने बताउनु भएको हो ।
देशको अर्थतन्त्र एवं विकास निर्माण र समुहहरुको आर्थिक कोषमा सम्पन्न,बेरोजगारीलाई रोजगारी दिलाउनुको साथै उपभोक्तालाई काठ,घास,दाउरा प्रयाप्त मात्रामा परिपुर्ति गर्न सक्ने एक मात्र बैज्ञानिक वन व्यवस्थापन रहेको हुँदा यस बैज्ञानिक वन व्यवस्थापनलाई सरकारले पुर्णता दिएर निरन्तर संचालन गर्नु पर्ने अध्यक्ष सेनले बताउनु भयो ।
आजको युगमा हामीले उपभोक्ताको मागलाई मध्यनजर गरेर यस बैज्ञानिक वन व्यवस्थापनलाई निरन्तर संचालन गर्नु पर्छ भनेर सरकारका प्रमुख व्यक्तिसंग भेटेर बारम्बार टेबुल गृह कार्य पनि गरेका छौं र हामीलाई उहाँहरुले आश्वासन पनि दिनु भएको छ,त्यसैले तपाईहरु ढुक्क रहनुस यस बैज्ञानिक वन व्यवस्थापनले छिट्टै पुर्णता पाउछ’अध्यक्ष सेनले कार्यक्रमका सहभागीलाई भन्नु भयो ।
हिजोको दिनमा यस बैज्ञानिक वन व्यवस्थापनको निम्ति हामीले सडकबाट संघर्ष गरेका हौं र त्यस समयमा प्रहरीको हिरासतमा ४ घण्टासम्म बसेको इतिहास पनि छ,त्यसैले अझै पनि आम उपभोक्ताहरुको हितका लागि हाम्रा मागहरु पूरा नभए कुनैपनि हालतमा पछि पर्ने छैनौं अध्यक्ष सेनले कार्यक्रम मार्फत बताउनु भएको छ ।
हामीले आजको प्रविधि युगलाई मध्यनजर गरेर यो व्यवस्थापनलाई अघि सारेका हौं । अन्य वन व्यवस्थापन र बैज्ञानिक वन व्यवस्थापनको हकमा हेर्नुस् कतिको फरक छ । यस व्यवस्थापनमा १० वर्षे योजना राखिएको छ र ढलापदा तथा अक्सिजन दिन नसक्ने रुखलाई मात्र कटानमुछान गरि १० वर्षसम्म त्यहाँ झारी सरसफाइ गर्ने र नयाँ बिरुवा उत्पादन तथा व्यवस्थापन गरि उपभोक्तालाई आवश्यक काठ,घाँस, दाउरा निरन्तर उपलब्ध गराउने यस व्यवस्थापनमा प्रावधान रहेको अध्यक्ष सेनले बताउनु भयो ।
वन महासंघ विदेशी संस्थाको मातहतमा छ:
वन महासंघ एउटा अन्तर्राष्ट्रिय संघ संस्थाको मातहतबाट चल्ने निकाय रहेको बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष रेणु सेनले बताउन भएको छ ।
केही सामुदायिक वन उपभोक्ता समुहहरुलाई दुई चार लाख समुहमा पुगेर बाड्ने त्यसपछि समुहका पदाधिकारीहरुले झोला बोकेर उनको पछाडि हिड्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।
विदेशी संघ संस्थाको मुख ताक्ने र वन कसरी दिगो रुपमा संरक्षण र व्यवस्थापन गर्ने भन्ने बिषयमा थोरै पनि चिन्ता र उदेश्य नबोकेको निकायसंग के आश गर्ने भनेर हामीले यो बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल स्थापना गरेका हौं,त्यसैले अब प्रत्येक सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरु एकजुट भएर साथ सहयोग गर्न म हार्दिक अनुरोध गर्द छु अध्यक्ष सेनले कार्यक्रम मार्फत भन्नू भयो ।
बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता तथा बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष रेणु सेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार जयप्रकाश पाण्डे, लुम्बिनी प्रदेशका महासचिव होमबहादुर गुरुङ,सदस्यहरु राजरानी चौधरी,तुलसिराम भण्डारी,टेकबहादुर भण्डारी, हरिप्रसाद पौडेल, देविराम गैरे,लत्ता चौधरी,होमनाथ पौडेल,भद्र बहादुर ओली लगायतले बोल्नु भएको थियो ।
त्यस्तै बैठकद्वारा यस अघि केही जिल्लामा गठन भैसकेको र बाँकी रहेका जिल्लाहरुमा आगामी कार्तिक २९ गतेदेखि बर्दिया जिल्लाबाट जिल्ला महासंघ समिति गठन कार्यक्रमलाई अघि बढाउने र विभिन्न संघर्षका कार्यक्रमहरु गर्ने भनि ८ ओटा निर्णयहरु समेत पारित भएको छ ।
देउखुरी क्षेत्रकै पहिलो बैज्ञानिक वन व्यवस्थापन करि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष किशोर कुमार घर्ती मगरको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको संचालन लुम्बिनी प्रदेशका सचिव टोपबहादुर खड्काले गर्नु भएको थियो ।






