
ksbl-7
Rksr-7
Gsbg-3
Pbu
Jsbg-7
Jsbr-3
Csbg-7
Usbl-7
Gsbr-6
Msbg-2


दाङ । दाङको घोराही र तुलसीपुर सडक खण्डमा बस दुर्घटना भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले जानकारी दिनु भयो ।
आइतबार बेलुुका ५:३० बजेतिर घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । उक्त गाडीमा सवार २१ जना घाईते भएका छन् भने मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १० कटुकी बस्ने वर्ष २८ का प्रेम परियार रहेको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परेका घाईतेहरुको अहिले प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।
