
Usb
Csb
Ksb
Gsb
Ksb
jsb
Rsb
Nsb
Ssb
Tgp
Fmb
Rks
Bsn
Ssb
Ksb
Ppu

Tsb
Usb
Ssb
Hl1
Gsb

ptl
Rgu
Nps
धनगढी । बैतडीमा पहिरोले घर पुरिदा बालकसहित तीन जनाको मृत्यु भएको छ ।
अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर जिल्लाको शिवनाथ गाउँपालिका–६ मा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय भालु पार्कीका बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया नाती सोम पार्की रहेको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन् ।
उनीहरुको मंगलबार करिब तीन बजेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको भएपनि फोन सम्पर्क नहुँदा ढिलो गरेर खबर प्राप्त भएको उनले बताइन् । खबर पाउन बित्तिकै पुगेको प्रहरी टोलीले तीनै जनाको शव निकालेर परीक्षणका लागि अस्पताल पठाएको छ ।
