
Asb
Rgp
Sgp
Rgp
Dus
Jns
Lks
lnp
Ggp
Pbu
Usb
Lnp
Ggp
Rgp
Dbs
Rgp
ksb


बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रबार) पदभार ग्रहण गरेका छन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाइ भएर गएका छन् ।
शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी धर्मनाथ यादवलाई नियुक्त गर्यो ।
गत वैशाख ६ गते पदबाट राजीनामा दिएका मुख्यमन्त्रीलाई अल्पमतमा रहँदा पनि यादवले आस्थाकै आधारमा सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै यादवसँग विपक्षी गठबन्धन रुष्ट थिए ।नयाँ प्रदेश प्रमुखले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले विशेष अधिवेशनका लागि समावेदन गर्ने र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने रणनीतिमा छन् ।
