
Lnp
Rgp
Rgp
Pbu
Dbs
Ggp
Usb
ksb
Ggp
Rgp
Jns
Dus
lnp
Rgp
Asb
Lks
Sgp


दाङ । ब्लडफर नेपालको आयोजना र गढवा गाउँपालिकाको समन्वय एवं सहकार्यमा बुधवार गढवामा तेश्रो वार्षिकोत्सवको उद्घाटन संगै रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति दिपक कुमार यादवको अध्यक्षतामा आयोजित बार्षिकोत्सव तथा रक्तदान कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गर्नुभएको हो ।
नेपाल रेडक्रस सोसाइटी दाङको रक्त संचार सेवा केन्द्रको प्राविधीक सहयोगमा संचालन भएको कार्यक्रममा ३० जना नागरिकहरुले रक्तदान गरेको ब्लडफर नेपालका कोर्डिनेटर कोकीला आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै रक्तदान गर्नेहरुमा देविराम आचार्य,सरिता केसी रामदाम,जानुका मगर,नविन किसोर अधिकारी,अब्दुल लतिफ मनिहार,आशााराम चौधरी,शुन्दर आचार्य,धनबहादुर थापा क्षेत्री,अभिषेक अधिकारी,मंगलकुमार सिंह,राजकुमार नेपाली,आशा चौधरी,किरण बिक,रितु थापा,सरिता जिसी,प्रेम कुमारी चौधरी,बसन्त प्रकाश यादव,दिपजंग थापा,जितेन्द्र यादव,भोला कुमार हमाल,कोकिला आचार्य,प्रमेश यादव,केशब खड्का,कृष्णा बुढा मगर,प्रेमलाल यादव,सुदर्शन धिताल,बब्लु बुढा मगर,सागर सुनार,मानबहादुर चौधरी र निराजन चौधरी लगायत रहनु भएको ब्लड फर नेपालका चन्द्र जिसीले जानकारी दिनु भएको छ ।

