
Jns
Rgp
Ggp
Rgp
Rgp
Lks
Usb
Lnp
Asb
Dbs
Rgp
ksb
Ggp
Dus
lnp
Sgp
Pbu


दाङ । स्थानीय सरकारहरुले बार्षिक बजेट बनाउदै गरेको अवस्थामा दाङ जिल्ला उद्योग बाणिज्य संघले पश्चिम दाङको हापुरे देखि देउखुरी सम्म जिल्लाभरका उद्योग बाणिज्य संघहरुसंग भेटघाट अन्तरक्रिया गरि घुम्ति अभियान संचालन गरिरहेको छ ।
ब्यवसायिहरुको करबाट सरकारले ठूलो आर्थिक लाभ लिने गरेको तर ब्यवसायिक हक,हित र अधिकारकालागि बजेट संबोधन नहुने गरेको भन्दै टोलीले कोभिड महामारीबाट प्रताडित ब्यवसायिहरुलाई स्थानीय सरकारहरुले संबोधन गर्नुपर्ने बताएको छ ।
मंगलबार देउखुरीको राप्ती उद्योग बाणिज्य संघ–भालुबाङ,सिसहनिया उद्योग बाणिज्य संघ र गढवा उद्योग बाणिज्य संघ संग भएको अन्तरक्रियात्मक छलफलमा यस्तो कुरा उठेको हो । कोरोना महामारीको बेला ब्यवसायिहरुको स्वास्थ्य सुरक्षा अवस्था,दैनिक उपभोग्य बस्तुहरुको आपुर्ति,देउखुरीका नाका क्षेत्रहरुको अवस्था र कोभिड महामारीमा परेका ब्यवसायिहरुको सटर भाडा छुट,कोभिड पोजेटिभ पिडितको डाटा तथा ब्यवसायिक सुरक्षा कोष लगायतका बिषयहरुमा ब्यवसायिहरुको छाता संगठनले अगुवाई गर्दै चाँसो ब्यक्त गरी जिल्लाभर घुम्ति अभियान संचालन गरेको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष नारायण भुसालले बताउनुभयो ।
मंगलवार गढवामा गरिएको अन्तरक्रियामा ब्यवसायिहरुमाथी आइपर्ने बिभिन्न प्रकारका महामारी, आकस्मिक दुर्घटना र भैपरि आउने समस्यामा सहयोग गर्न ब्यवसायिक सुरक्षा कोष स्थापना गर्न,ब्यवसायिक हक हितका लागि लेखा तालिम तथा अन्य क्षमता बिकासका तालिम संचालन गर्न,कर कार्यालय र स्थानीय सरकारसंग समन्वय सहकार्य गर्न,बुलेटिन तथा स्मारिका प्रकाशन गर्न, दैनिक उपभोग्य बस्तुको मुल्यसुचि सहित दररेट कायम गरि एकरुपता ल्याउन गढवा उद्योग बाणिज्य संघलाई सुझाइएको छ ।
कोभिड महामारीको चपेटामा परेका ब्यवसायिहरुलाई घरधनीबाट सटरभाडा छुट गराउन,बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउन र नापतौल तथा खाद्य गुणस्तर बिभागसंग समन्वय सहकार्य गरि ब्यवसायिहरुलाई स्थानीय स्तरमै सुविधा उपलब्ध गराउन स्थानीय सरकारहरुले चाँसो दिनुपर्ने अन्तरक्रियामा बताइएको छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका सदस्य नारायण भुसालले सबै उद्योग बाणिज्य संघहरुले आ–आफ्ना क्षेत्रमा स्थानीय सरकारसंग समन्वय र सहकार्य गरेर आफ्ना गतिविधि अगाडी बढाउन सुझाव दिनुभएको छ ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य ध्रुवराज श्रेष्ठ भारी,केन्द्रिय सदस्य तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल, बर्तमान अध्यक्ष, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढामगर,निवर्तमान अध्यक्ष रविलाल आचार्य, सल्लाहकारहरु रामप्रसाद गैरे,उमाकान्त पन्त र सदस्य दिनमणि आचार्य लगायतले ब्यवसायिहरुको हकहितको पक्षमा आ–आफ्ना बिचारहरु राख्नुभएको थियो ।
यसैबिच गढवा उद्योग बाणिज्य संघले ब्यवसायिक सुरक्षा कोष स्थापना गर्न थालेको पाइएको छ । जसका लागि संघका निबर्तमान अध्यक्ष रविलाल आचार्यले २५ हजार,दाङ जिल्ला उद्योग बाणिज्य संघले २५ हजार,संघका सदस्य सन्दिप अधिारीले १२ हजार १ सय ११,सदस्य दिनमणि आचार्यले ११ हजार १ सय ११,अध्यक्ष खिमबहादुर बुढाले १० हजार,कोषाध्यक्ष खुमानन्द पोखे्रलले ५ हजार ५ सय ५५ र सदस्य राजकुमार नेपालीले ५ हजार रुपियाँ बोलकबुल गर्नुभएको संघका अध्यक्ष खिमबहादुर बुढाले जानकारी दिनुभयो । संघले उहाँहरु सबैलाई धन्यवाद दिदै ब्यवसायिक सुरक्षा कोष अभियानमा सबैलाई सहयोग गर्न अपिल समेत गरेको छ ।
