
ksb
Dus
Sgp
Rgp
Jns
Lks
Rgp
Dbs
Asb
Rgp
Ggp
Pbu
lnp
Lnp
Ggp
Usb
Rgp


दाङ । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड -१९ ) को दोस्रो चरणको महामारी चलिरहदा पनि सम्पुर्ण स्वास्थ्यका मापदण्डहरु अपनाऊदै दाङ घोराही मितेरी हस्पिटलमा नियमित रुपमा स्वास्थ्य चेकजाँच तथा सामान्य र जटिल प्रकारका अप्रेसनहरु गर्दै पनि आईरहेको छ ।
निजि क्षेत्रमा पनि विशुद्द एवम् भरपर्दो सेवा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित अस्पतालमा यस्तो महामारी तथा सबैतिर भईरहेको निशेधआज्ञाको समयमा अन्य ठाँऊमा भर्ना लिन नमानेको एउटा प्रसब पिडामा छट्पटाईरहेकी महिला आऊनु भएको थियो । त्यो अबधीसम्म उहाँले एक पटक पनि गर्भजाँच गराउनु भएको थिएन् ।
त्यस्तो कठिन समस्याले पिडित ति महिलाको मितेरी अस्पतालमा (चौबीसै) घण्टा कार्यरत प्रसुती तथा स्त्रीरोग बिशेषज्ञ डा.अनुपमा शर्माद्वारा सामान्य प्रसुतिद्वारा नै सुत्केरी बनाइएको हो । जसको पेटमा दुई बच्चा भएको पनि बिरामीलाई थाहा नभएको बेला पनि १५०० ग्रामको छोरा र १६०० ग्रामको छोरिको जन्म भयो ।
त्यस्तै महामारीको समयमा पनि सम्पुर्ण बिशेषज्ञद्वारा स्वास्थ्य जाँच तथा सामान्य एवम् जटिल प्रकारका अप्रेसन भईरहेको मितेरी हस्पिटल घोराहीका संचालक माधव भण्डारीले जानकारी दिनुभएको छ ।
