
Lnp
Ggp
Rgp
Ggp
Sdc
Ksbus
Msbus
Ksbus
Asbus


दाङ । देउखुरीको लमहीमा रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । देउखुरी उद्योग बाणिज्यको आयोजनामा आज लमहीको रातो डाँडामा अबस्थित संघको आफ्नै भबनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले रगतको चरम अभाव भएको बेला यस्ले रगत अभावलाई कम गर्ने बिस्वास गरिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनालले बताउनु भयो ।
त्यस्तै रगतको चरम अभावको खबरहरु आइरहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सामाजिक संघ-संस्थाहरुलाई सुरक्षित तरिकाले रक्तदान कार्यक्रम आयोजना गर्न गरेको आग्रह अनुरुप कोभिड १९ को संक्रमणको यो जोखिमको बेलामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको बाणिज्य संघका उपाध्यक्ष केशव राज पोख्रेलले जानकारी दिनु भयो ।
यस्तै “रक्तदान जीवन दान ” भन्ने मुल नाराका साथ संचालन गरिएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा कार्यसमिति सदस्य भिम भुसाल,सहाना श्रेष्ठ,लुमाकान्त बोहोरा , दिपक भुसाल कार्यलय सचिब प्रेम काला थोकीहरुको उपस्थित रहेको थियो । उक्त रक्तदान कार्यक्रममा प्राविधिक सहयोग लमहीमा अबस्थित रक्त सन्चार केन्द्रले गरेको थियो ।
