
Ksbus
Rgp
Asbus
Ksbus
Lnp
Msbus
Sdc
Ggp
Ggp


दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग चलाएका १० उद्योगलाई सेवा कटौति गर्ने चेतावनी दिएको छ । यस्तै कानुन विपरित काम गरेको पाईएपछि गएको वर्ष मंसिर ४ गते नै प्रशासनले क्रसर सम्बन्धि काम बन्द गर्न निर्देशन दिएको थियो ।
तर,अटेर गरेर क्रसर चलाएको पाईएमा त्यस्ता उद्योगहरुमा जोडिएका विद्युत, खानेपानी लगायतका सेवा सुविधाहरु बन्द गरिनुकासाथै उद्योग र सञ्चालक समेतको बैंक खाता,कारोबार लगायतका कामहरु रोक्का गरिने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आईतबार एक सूचना जारीगरि चेतावनी दिनु भएको हो ।
त्यस्तै प्रशोधनको अनुमति लिएर क्रसर चलाउनेमा विजौरी स्थित स्वर्गद्वारी प्लान्ट प्रालि, सोही ठाउँकै जनविश्वास वालुवा वासिङ उद्योग, तुलसीपुरको गणेश वालुवा वासिङ उद्योग, तुलसीपुरको के एण्ड एस बालुवा प्रशोधन उद्योग,तुलसीपुरकै मंगलम बालुवा प्रशोधन उद्योग, सतबरियाको बगारबाबा बालुवा प्रशोधन उद्योग रहेका छन् ।
यस्तै लमहीको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बेलाको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग,बेलाकै पूर्णा गिरी एगृगेट बालुवा वासिङ उद्योग र बबईको कृप्रभिज्ञा बालुवा वासिङ उद्योग रहेको छ ।
