
Mbdvs
Gmk
Pbu
Gisld
Rbs
mbd
Sds
Anm
Ksm

Vor
Pvg
Gst
Tsm
Rgu
Rgs
Ksm
Bbbpu
Hal
nsb
Rgu
Sbs
Bbu
Wsp
Ssm
Ggd
Asm
Sls
Rsb

Abd
Rpp
Gsb
Ptm
Pls
Mks
Jmb
sab
Bml
Jmb
bbt
Syp
Rmb
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले महानगर अन्तरगतका कक्षा १ देखि ५ सम्मका सम्पूर्ण निजी तथा सामुदायीक विद्यालयहरु अर्काे सुचना नआउन्जेलसम्मका लागि बन्द गर्न सुचना जारी गर्दै निर्देशन दिएको छ ।
वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आईतबार एक विज्ञप्ति जारी गर्दै कक्षा १ देखि ५ सम्मका सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी फैलिरहेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै यो निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतले जानकारी दिनु भयो । त्यस्तै उहाँले वीरगन्ज भित्रका विद्यालयहरुलाई कक्षा १ देखि ५ सम्मका विधार्थीहरुको आन्तरिक मुल्यांकन कक्षा वृद्धि गर्ने व्यवस्था मिलाउन समेत अनुरोध गरेको बताउनु भयो ।
त्यसैगरी महानगरको शिक्षा प्रशासन महाशाखाले कक्षा ६, ७ र ९ को हकमा अर्काे विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा कक्षा ६ देखि ९ सम्मको अन्तिम परिक्षा तोकिएकै समयमा हुने भनेर उल्लेख गरिएको छ । सामाजिक दुरी कायम गर्ने, साबुन–पानीले हात धुने र मास्क तथा सेनिटाईजरको सुनिश्चितता गरी परिक्षा तोकिएको मितिदेखि, दिनको दुई सिफ्ट गरि परिक्षा सञ्चालन गर्न सबै विद्यालयहरुलाई अनुरोध समेत गरेको छ ।
यस्तै पछिललो समय बीरगंजमा समेत बालबालिकाहरुमा कोरोना पुष्टि हुदै आएको छ । सोहि कारण पनि महानगरपालिका यस्तो निर्णय लिन बाध्य भएको हो । बीरगंजमा कोरोना संक्रमण फैलिरहदा र खासगरी बालबालिकाहरुको स्वास्थ्य जोखिम रहेकोले यहाँका स्थानिय बासिन्दा तथा बुद्धिजिवीहरु विद्यालय बन्द गराउने पक्षामै थिए । त्यसैगरी स्वास्थ्य मन्त्रालयले पनि बालबालिकामा कोरोना फैलिन सक्ने भन्दै कोरोना हटस्पटमा विद्यालय बन्द गर्न यस अघि अनुरोध पनि गरेको थियो ।

