
Anm
Pbu
Gmk
Mbdvs
Sds
Rbs
Gisld
mbd
Ksm

Wsp
Sls
Bbbpu
Rgu
Gst
Bbu
nsb
Asm
Hal
Rgs
Ssm
Rgu
Sbs
Vor
Tsm
Pvg
Rsb
Ksm
Ggd

Gsb
bbt
sab
Rpp
Bml
Abd
Pls
Ptm
Mks
Rmb
Jmb
Jmb
Syp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहराका बिरबहादुर यादवको छोरा वर्ष ८ का पाटेश्वर यादवको बुधबार एक पोखरीमा डुबेर मृत्यु भएको छ ।
हुलाकी सडक अन्तरगत कालाकाटे-सिक्टा जोड्ने महतेनीया खोलामा बन्दै गरेको पक्की पुलको लागि बनाइएको ड्राईभर्सनको खाडलमा बुधबार दिउँसो घरमा कोही नभएको समयमा पौडी खेल्न जाँदा बालकले डुबेर ज्यान गुमाएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए ।
“त्यस्तै उनका ठुलो बुवा रामनाथ यादवका अनुसार सबै घरका ठुला मान्छेहरु बारीमा गहुँ काट्न गएको समयमा उनी सो मौका छोपेर पोखरीमा पौडी खेल्न जाँदा उनको मृत्यु भएको हो यादवले भने । दिउँसो हामी सबै बारीमा गहुँ काट्न गएका थियौं त्यो समय बाबू पोखरीमा गएछ्न । हामी त कहाँ गयो भनेर चारैतिर खोजी कार्य गर्दा बेलुका पौने ७ बजेतिर त्यहाँ पुग्दा बाबु डुबेर मृत अबस्थामा रहेको फेला पार्याैं यादवले भने ।”
“यस्तै पातेश्वरका दाइ राम सुफल यादवले पुल निर्माण कम्पनीको लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाएका छन् । हामीले बारम्बार सो खाडल पुर्न आग्रह गर्यौं तर कम्पनीले मानेन अहिले पातेश्वरको मृत्यु भयो । सो स्थानमा धेरै बालक डुबेका छन् । हामीले कति बचाएका छौं कति यादवले भने ।”
त्यस्तै यता समाजसेवी भिम वलीले निर्माण कम्पनीको कुनै गल्ती नभएको दाबी गरेका छन् । संचार कर्मीसंगको कुराकानीमा अहिले सो स्थानमा पुल निर्माण भैरहेको हुँदा पुलको सेल्याप ढलानलाई असर नपुगोस भनेर त्यहाँ ड्राइभरसन गरिएको छ त्यस कारण सो घटना घटेको वलीको भनाई छ ।
➡️ कसरी भयो सहमति
यस्तै बिहीबार बिहान सम्म बालकको सबलाई पोस्टमार्टमको लागि लैजान घरपरिवारले नमानेपछि, वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारीको रोहवरमा प्रहरी,स्थानीय बुद्धिजीवीको उपस्थितिमा दुई पक्क्षलाई बसालेर सहमति गराइएको थियो । उक्त सहमतिमा पिडक पक्क्षलाई कम्पनीले दुई लाख आर्थिक सहयोग प्रदान गर्ने भने पछि सबलाई घोराही पोस्टमार्टम गर्न लगिएको थियो ।
