दीपक वली/घोराही आइतबार, भाद्र २८, २०८३

दीपक वली/घोराही – दाङ । संजीवनी टिचिङ हस्पिटल घोराहीले जटिल प्रकृतिको स्पाइन सर्जरी अर्थात मेरुदण्डको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।

लडेर मेरुदण्ड गम्भीर रुपमा भाँचिएपछि ४६ वर्षीया सुनिता बि.क उपचारका लागि संजीवनी टिचिङ हस्पिटल पुगेकि थिइन् । दुर्घटनाका कारण उनको मेरुदण्डको हड्डीमा गम्भीर क्षति पुग्नुका साथै मेरुदण्डको मुख्य नशा र त्यसलाई घेर्ने थैलीमा समेत दबाब परेको थियो ।

गम्भीर अवस्थामा अस्पताल पुगेकी सुनिताको तत्काल उपचार सुरु गरिएको थियो । न्युरोसर्जन डा.मुसाफिर आलमको नेतृत्वमा अर्थोपेडिक्स सर्जन डा.दुर्गा बेल्बासे सहितको चिकित्सकीय टोलीले आवश्यक परीक्षण तथा मूल्यांकनपछि शल्यक्रिया गरेको हो ।

बिरामीको मेरुदण्डमा परेको दबाब हटाउनुका साथै क्षतिग्रस्त हड्डीलाई स्थिर बनाउने उद्देश्यले आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । शल्यक्रिया पछि बिरामीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको थियो । अवस्था सामान्य भएपछि उनलाई भदौ २५ गते अस्पतालबाट डिस्चार्ज गरिएको हो । हाल उनको अवस्था पूर्ण रुपमा स्थिर तथा सुधारोन्मुख रहेको र नशासम्बन्धी कुनै समस्या वा कमजोरी नदेखिएको चिकित्सकहरुले बताएका थिए । तर आज अस्पतालले स्वास्थ्य अबस्था बुझ्नको लागि सम्पर्क गर्दा बिरामि आफैसंग सम्पर्क भएको छ र आफ्नो स्वास्थ्य अबस्था एकदम सामान्य भएको बताइएको छ । मेरुदण्डमा चोट लाग्दा समयमै उपचार नपाएमा नशामा स्थायी क्षति पुग्नसक्ने भएकाले यस्ता जटिल अवस्थाका बिरामीका लागि विशेषज्ञ सेवा महत्वपूर्ण मानिन्छ ।

मेरुदण्डको शल्यक्रिया मार्फत दुखाइ,अस्थिरता, विकृति तथा स्नायुमा परेको दबाबको उपचार गर्ने गरिन्छ । संजीवनी टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार,यस प्रकारको जटिल स्पाइन सर्जरी सेवा काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा मात्र उपलब्ध हुने अवस्थालाई अन्त्य गर्दै संजीवनीले दाङमै सेवा प्रदान गर्न थालेपछि लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका बिरामीलाई ठूलो राहत पुगेको छ ।

त्यस्तै,सीईओ रोकाले अस्पतालले सुपर स्पेसियालिटी सेवा अन्तर्गत न्युरोसर्जरी र युरोलोजी सेवा सञ्चालन गरिरहेको तथा आगामी एक साताभित्र कार्डियोलोजी सेवा समेत सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । संजीवनीमा जटिल स्पाइन सर्जरी सफल हुनु दाङमै आधुनिक तथा विशेषज्ञ स्तरीय उपचार सेवा विस्तार हुँदै गएको एउटा महत्वपूर्ण उपलब्धिका रुपमा समेत हेरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]