
Rbs
Gisld
Pbu
Mbdvs
Sds
mbd

Rsb
Wsp
Sbs
Sls
Ssm
Asm
Rgs
Vor
nsb
Rgu
Tsm
Bbu
Bbbpu
Rgu
Gst
Ksm
Pvg
Ggd
Hal

Abd
Mks
Gsb
sab
Ptm
Jmb
bbt
Rmb
Jmb
Syp
Bml
Pls
Rpp
दाङ । बस्ती स्तरबाट योजना कसरी पार्ने र उपभोक्ता समितिको बैठक बस्दा निर्णय कसरी लेख्ने कुनै जानकारी थिएन । गाउँपालिकाले आयोजना गरेको क्षमता बिकास कार्यशालाबाट धेरै कुराको जानकारी भयो–गढवा ६ मनिकापुरकी संझना केसीले भन्नु भयो ।
गाउँपालिका र वडा कार्यालयमा जाँदा कुनै पनि प्रकारका निवेदन लेख्न नजानेर लेख्दिने मान्छे खोज्नु पर्दथ्यो । तालिम लिएपछि अब बजेट निकासी लगायत वडा र गाउँपालिकामा आफैले निवेदन लेख्न सक्छु भन्ने आँट आएको छ–तालिमका सहभागि गढवा–६ का प्रितम चौधरीले भन्नु भयो । महिलाहरुका सवालमा योजना पार्ने तरिका टोल बस्ती र कलष्टरबाटै सुरु गर्नुपर्दो रहेछ । योजना परेपछि प्राबिधिक स्टिमेट, संभलौता तथा कार्यादेश लिएर मात्र काम गर्नुपर्दो रहेछ । काम सकेपछि कार्यसम्पन्न प्रतिबेदन लेख्ने तरिका पनि थाहा थिएन । तालिममा यि र यस्ता बिषयहरुमा अभ्यास गर्न पाइयो । प्रयास गरेपछि लेख्न र गर्न सकिन्छ–गढवा ७ मानपुरकी बिर्जा चौधरीले भन्नु भयो ।
गढवा गाउँपालिकाका न्यायिक समितिका सदस्य कमला नेपालीले बिवाद निरुपण गर्न र न्याय सम्पादन गर्न यो तालिमले पुर्नताजगी दिएको बताउनु भयो । जिल्ला अदालतका अधिकृतबाट देवानी कार्यबिधि संहिता ऐन–२०७४ मा ब्यवस्था भए बमोजिम महिलाहरुका सवालमा उल्लेख भएका कानूनी ब्यवस्था बारे मिहिन ढंगले जानकारी पाउँदा आगामी दिनमा न्याय सम्पादनमा समेत सजिलो हुने उहाँले बताउनु भयो ।
गढवा गाउँपालिका वडा नं. ६ र ७ मा मंगलबार देखि सुरु भएको महिलाहरुका लागि २ दिने क्षमता अभिबृद्धि कार्यशालामा सहभागि भएका अधिकांश महिलाहरुले बैठक बस्ने र निर्णय लेखन गर्ने, महिलाका पक्षमा टोलबाटै योजना छान्ने, योजना फरफारक र कार्यसम्पन्न प्रतिबेदन लेख्ने र महिला अधिकारका कानूनी बिषयमा समेत जानकारी पाएको बताउनु भयो ।
गाउँपालिकाले महिला दिदीबहीनीहरुको क्षमता बिकास गर्न यि र यस्तै खालका कार्यक्रम बर्षेनी राख्नुपर्ने सामाजिक अभियन्ता रेखा थापाको भनाई छ । यस्ता कार्यक्रमले महिलाहरुमा केहि सिक्नुपर्छ भन्ने उर्जा थपेको छ भने प्रेरणा समेत जागरण गराएको छ–उहाँले भन्नु भयो ।
यस्तै गढवा गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा मंगलबार देखि गढवा गाउँपालिकाका आठ वटै वडाहरुमा महिलाहरुको क्षमता बिकासका लागि २÷२ दिने कार्यशाला अभिमुखिकरण सुरु गरेको शाखाका कर्मचारी सुरेश पौडेलले बताउनु भयो । क्षमता बिकास कार्यशालामा वडा सदस्य महिलाहरु समेत गरि सबै वडामा ३०÷३० जनाको सहभागिता रहने उहाँले जानकारी दिनु भयो ।
त्यस्तै महिलाहरुको हकहित र अधिकारका बिषयमा कानूनी ब्यवस्थाको जानकारी दिन र महिलाहरुको लेखन क्षमता बृद्धिगर्न आठवटै वडाहरुमा गाउँपालिकाले महिला शसक्तिकरण क्षमता बिकास कार्यशाला संचालन गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनु भयो । क्षमता बिकास भए मात्र महिलाहरुले हरेक ठाउँमा नेतृत्व गर्न सक्ने उहाँले बताउनु भयो । हरेक वडाका महिलाहरुको क्षमता बिकास गर्न यस आबको योजना अन्तर्गत गाउँपालिकाले यस्तो कार्यक्रम सुरु गरेको उपाध्यक्ष शान्ती चौधरीले बताउनु भयो ।
मंगलबार देखि वडा नं. ६ र ७ मा सुरु भएको कार्यशालामा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, उपाध्यक्ष शान्ती चौधरी, वडा अध्यक्षहरु बालचन्द्र ठकूरी हमाल र राहुलदेव चौधरीले कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्नु भएको थियो । गढवा गाउँपालिकाका सबै वडाहरुमा संचालन हुन थालेको क्षमता बिकास अभिमुखिकरण कार्यशालाको प्रशिक्षकमा दाङ देउखुरी जिल्ला अदालतका शाखा अधिकृत राजेन्द्रकुमार शर्मा, प्रशिक्षकहरु कमल गौतम र पुष्प अधिकारीले प्रशिक्षण दिनु भएको थियोे भने कार्यक्रमको सहजीकरण न्यायिक समितिका कर्मचारी सुरेश पौडेल र प्रेस संयोजक शिवराज पन्थीले गर्नु भएको थियो ।
