
mbd
Mbdvs
Rbs
Sds
Gisld
Pbu

Asm
Tsm
Bbbpu
Wsp
Ggd
Rsb
Ksm
Hal
Sls
Rgs
Rgu
Vor
Bbu
Pvg
nsb
Sbs
Gst
Ssm
Rgu

Rpp
Bml
Mks
Jmb
Abd
Syp
Gsb
Rmb
bbt
Jmb
Ptm
sab
Pls
धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमा स्तम्भ नजिक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए ।
‘हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखे पछि निकुञ्ज प्रशासनमा खबर गरे’, सहायक संरक्षण अधिकृत चौधरीले भने, ‘राति घाइते बाघको मृत्यु भयो ।’ मृत बाघको अहिले निकुञ्ज कार्यालयमा शव परीक्षण हुनेछ ।
‘शव परीक्षण रिपोर्टपछि घटनाबारे विस्तृतमा थाहा हुन्छ’उहाँले भन्नु भयो,अहिले हामी अनुसन्धान गर्दैछौँ।’उहाँले सीमा क्षेत्रमा भेटिएकाले बाघ नेपाल वा भारतको हो भन्नेबारे पनि अनुसन्धान थालिएको बताउनु भयो। निकुञ्जमा १६ वटा पाटे बाघ रहेका छन् । रासस
