
Ggp
Lnp
Ksbus
Msbus
Ggp
Ksbus
Sdc
Rgp
Asbus


काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म विभिन्न स्थानबाट बेपत्तामध्ये ६१६ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ।
यस्तै, विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जना रहेका छन्।
