
Lnp
Asbus
Ksbus
Ksbus
Rgp
Ggp
Msbus
Sdc
Ggp


काठमाडौं । रसुवाको भोटकोशी क्षेत्रमा बुधबार आएको बाढीबाट हालसम्म ४६९ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ७ बजेसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जना भेटिएका छन् । मृतक र घाइतेको संख्या अझै बढ्ने सम्भावना छ । मृतक,बेपत्ता र विस्थापितको यकिन विवरण आउन सकेको छैन। हालसम्म ९७७ जना बेपत्ता भएका छन् ।
त्यस्तै,प्रभावित क्षेत्रमा खोजी,उद्धार,उपचार र राहतका लागि सरकारले राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार हवाई तथा स्थलमार्गबाट उद्धार कार्य जारी छ । फसेका नागरिक,अवरुद्ध सडक र पहुँचको अवस्थाबारे जानकारी लिएर उद्धार तथा राहतलाई थप लक्षित बनाउने काम भइरहेको छ ।
