
Msbus
Sdc
Asbus
Ggp
Ksbus
Lnp
Ksbus
Rgp
Ggp


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बिहीबार आज सर्वदलीय बैठक बस्ने भएको छ ।
बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको महामन्त्री विपिन आचार्यले बताए ।
त्यस्तै,बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुने जनाइएको छ ।
