Sidha Patra बिहिबार, भाद्र ११, २०८३

काठमाडौँ । देशका विभिन्न स्थानमा रहेका मुख्य राजमार्गहरु बाढी र पहिरोका कारण अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार उपत्यका जोड्ने प्रमुख सडकका साथै कोशी र बागमती प्रदेशका कयौँ सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित भएका छन् । काठमाडौँ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिने नागढुंगा-मुग्लिन सडक खण्ड बाढीको सम्भावित जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ । भाद्र १० गते बिहान १०:०० बजेदेखि नै यो सडक खण्डमा सवारी आवागमनमा रोक लगाइएको हो ।

त्यस्तै,बागमती प्रदेशमा धेरैजसो राजमार्गहरूमा बाढी र पहिरोको जोखिमका कारण सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी खण्डमा साँझ १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। दिउँसोको समयमा भने परिस्थितिको विचार गरेर मात्र सवारी चल्न दिइनेछ ।

कान्ति लोकपथकाे हेटौँडा । ठिङ्गन-बागमती- ललितपुर सडक खण्डमा रातको समयमा (साँझ १७:०० देखि बिहान ०५:०० सम्म) सवारी सञ्चालनमा रोक लगाइएको छ । त्रिशूली-मैलुङ- स्याफ्रुबेँसी सडक खण्डको उत्तरगया-५,खाल्टेमा आएको बाढीका कारण यो बाटो लामो समयदेखि पूर्ण रूपमा अवरुद्ध छ । यस्तै, नुवाकोट जाने टोखा-छहरे सडक खण्डमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ । साथै,जिल्लाका अन्य मुख्य राजमार्गहरु पनि बाढीका कारण पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

इलामको मेची राजमार्ग अन्तर्गत राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यद्यपि, झापादेखि ताप्लेजुङ जाने यात्रुहरुका लागि वैकल्पिक बाटो उपलब्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीले यात्रामा निस्कनु अघि सडकको पछिल्लो अवस्थाबारे नजिकको प्रहरी कार्यालयमा जानकारी लिन र जोखिमपूर्ण मौसममा यात्रा गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]