
Asbus
Lnp
Ggp
Ggp
Sdc
Ksbus
Rgp
Msbus
Ksbus


गाउँबासीको अपेक्षा बोकेर,
सरकार र दरबार धाएको धायै छु ।
न सदरले चिन्छ, न त मोफसलले नै—
गाउँको सिंहदरबारले त वास्तै गरेन,
त्यसैले मेरो गाउँको बाटो बनेन ।
धाउन त बहुतै धाइयो,
पाउमा विन्ती खुबै बिसाइयो ।
याचिकामा तोक आदेश पनि लगाइयो,
तर पनि केही जोड चलेन ।
सायद मैले विकासे धन्दा जानिनँ,
या त मालिकको प्रिय पात्र बनिनँ,
त्यसैले मेरो गाउँको बाटो बनेन । ।
मानबहादुर बिष्ट
तुलसीपुर उ.म.न.पा.–७, दाङ
पूर्व उपरजिस्ट्रार
उच्च अदालत, तुलसीपुर
