
Rbs
Mbdvs
Sds
Pbu
Gisld
mbd

Rgu
Sbs
Rgs
nsb
Ksm
Hal
Rgu
Sls
Vor
Bbu
Rsb
Gst
Tsm
Wsp
Bbbpu
Asm
Ggd
Ssm
Pvg

Gsb
Mks
bbt
Bml
Syp
Pls
Abd
Ptm
Rpp
Jmb
Jmb
Rmb
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पर्खालको शिलान्यास गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर केसीको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा दाङ निर्वाचन क्षेत्र नं १ का माननीय सांसद मेटमनी चौधरीले सो पर्खालको शिलान्यास गर्नु भएको हो । उक्त पर्खाल शिलान्यास कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका माननीय सांसद चौधरीले शिलान्यास समारोह पछि आयोजित एक भव्य समारोहलाई सम्बोधन गर्नुहुँदै भौतिक निर्माणले मात्र शिक्षाको बिकास असम्भव भएकोले गुणस्तर शिक्षा आजको आवश्यकता रहेको बताउनु भयो ।
संसद् विकास कोषबाट विनियोजित रकम रु १५,००,००० /- र स्थानीय जनश्रमदान रकम रु १५% को २,२५,०००/- गरी जम्मा रु १७,२५,०००/- बाट उक्त पर्खाल निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका पदेन् सदस्य तथा राप्ती गाउँपालिका वडा नं. १ का अध्यक्ष तारा बहादुर डिसीले जानकारी गराउनु भएको छ । साथै उहाँले राप्ती गाउँपालिका शिक्षा समन्वय समितिबाट विनियोजित रकम रु सात लाख र स्थानीय जनश्रमदान ५% बाट हुने रकम रु ३५,०००/- गरी जम्मा रु ७,३५,०००/- बाट निर्माण गरिने छात्रछात्रा मैत्री शौचालयको पनि सोही अवसरमा प्रमुख अतिथि माननीय सांसद चौधरीले उद्घाटन गर्नु भएको थियो ।
विद्यालयका प्रधानध्यापक लोकेन्द्र बहादुर केसी स्वागत मन्तव्य र सहायक शिक्षक मोहन पौडेलले सञ्चालन गर्नु भएको शिलान्यास समारोहलाई विशिष्ट अतिथि तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमनन्द सुवेदी,वडा अध्यक्ष तारा बहादुर डिसी लगायतले मन्तव्य राख्नु भएको थियो ।
