
Ksbus
Ggp
Ksbus
Ggp
Rgp
Msbus
Sdc
Asbus
Lnp


वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा भाइरल गराएको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।
सोमबार आज बिहान अनुसन्धानका क्रममा सोधिएका कुराहरू एकाएक सामाजिक सञ्जालमा भाइरल भएपछि छानबिन गर्दा बारा प्रहरीले आफ्नै मातहतका प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै,बारा जिल्लामै दरबन्दी भएका विकले उक्त भिडियो आफ्ना साथीलाई म्यासेन्जरमा पठाएको र त्यहीँबाट सामाजिक सञ्जालमा भाइरल भएको अनुसन्धानबाट खुलेको छ । गोपनीयताको अधिकार हनन गरेको कसुरमा थप अनुसन्धानका लागि विकलाई नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख नरेन्द्र कुँवरले बताए ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे बयान दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीको आलोचना भइरहेको थियो ।रातोपाटी
